ताजा समाचार

सिरहाको बडहरी नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी

  • फागुन २८, २०७८
  • १३९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/ २८ फाल्गुन। सिरहाको दक्षिणी सिमावर्ती बडहरी नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी फस्टाएको देखिन्छ । बरियारपट्टी गाउँपालिका वडा नम्बर -१ बडहरीस्थित श्री सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. बडहरीका सव इन्सपेक्टर ( स.ई ) बिदेशराज मगरको मिलेमतोमा व्यापक रुपमा तस्करी फस्टाएको पाइएको छ। प्रहरी मगरले प्रति व्यपारीसँग १५ देखि ५० हजारसम्म मासिक उठाउने गरेको पाइएको छ। प्रति दिन नेपालको राष्ट्रिय जनावर गाई , गोरु, लत्ताकपडा , तेल,चिनी , राजनिवास , प्याज, मिठा इत्यादि अवैध रुपमा वारपार गर्ने गरेको पाइएको छ। यो सँगै अवैध मालसामानहरु प्राय जसो राति ओसारपोसार गर्ने गरेको र हुलाकी राजमार्गमा मध्य-रातिमा पनि व्यपारीको बाईक , पिकअप कुद्ने गरेको पाइएको छ। हुलाकी राजमार्ग सडकखण्डसँग जोडिएको उक्त नाका सुन्नसान्न भएकाले तस्करीका लागि राम्रो मानिन्छ, यस नाकालाई।

समय समयमा चर्चाको विषय बनेको बि.ओ.पी बडहरी नाकामा सवैभन्दा अवैध मालसामान आयात निर्यात र करोडौंको भन्सार छलेको देखिन्छ । शान्ति सुरक्षाका निम्ति बोर्डरमा सशस्त्र प्रहरीलाई खटाएका हुन्छ, तर दर्जामा रहेका प्रहरी सई विदेशराज मगरको कतर्तुत हेर्दा आफैंमा अशोभनीय लाग्छ । प्रहरी मगर सिरहाको घर धनगडीमाई भएको आडमा (जिल्लाबासीको आडमा ) कसैलाई नमान्ने गरि तस्करी गराइएको देखिन्छ । प्रहरी मगर व्यपारी र तस्कर बिच राम्रो सम्बन्ध बनाई " दिन दुगुन्न , रात चौगुन्न " गर्ने गरेको देखिन्छ । तर , स्थानीय व्यक्तिले कुनै खाद्यान्न सामग्री ल्याउँदा , कसलाई सोधेँर ल्यायो ? , किन ल्यायो ? फर्काउने गरेको अवस्था छ। समग्रमा भन्दा , सशस्त्र प्रहरीका सई विदेशराज मगरले स्थानीय र व्यपारीलाई लुट्ने गरेको अवस्था देखिन्छ । यी र यस्ता प्रवृत्ति अंगालेका मगरलाई हदैसम्म कार्वाहीको दायरा ल्याउनु पर्ने अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤