ताजा समाचार

लुम्बिनीका प्रदेश सरकारद्वारा पत्रकारहरुको दुर्घटना वीमा

  • फागुन २७, २०७८
  • ९५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना विमा गरिएको हो। लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरुका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच आपसी समझौता गरिएको हो। मन्त्रालयको तर्फबाट उप सचिव दामोदर भण्डारी, विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीबीच कानुनी प्रक्रिया पुराएर सम्झौता गरिएको हो। सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पत्रकारहरुसंग समन्वय गरेर काम गर्ने बताए ।

आमनागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आमनागरिकको सुरक्षाप्रति संवेदनशिल रहेको मन्त्री शर्माको भनाइ छ । मुलुको परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका रहेकाले पत्रकारहरुको दुर्घटना विमादेखि हरेक प्रकारका कार्यक्रमका लागि प्रदेश सरकार सहयोगी बन्ने प्रतिवद्वता जनाए । उनले विमा कम्पनपीहरुका झन्झटिला प्रक्रियालाई सुधार गरेर नागरिकलाई सहज रुपमा सेवा दिन आग्रह गरे।

मन्त्री शर्माले सरकारी कामहरु ढिलासुस्ती हुने गरेको स्वीकार गर्दै भने– सरकारी निकायहरुमा शासशीय सुधार गर्न आवश्यक छ । शासकीय सुधार गरेर मात्र नागरिकलाई सहज रुपमा सेवा दिन सकिने भएकाले त्यसतर्फ पत्रकारहरुको ध्यान जान आवश्यक रहेको मन्त्री शर्माको तर्क छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभा कर्ण श्रेष्ठले मिडियामैत्री शासकीय पद्वति बनाउनु पर्नेमा जोड दिइन। जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरु भौतिक र आर्थिक रुपले सुरक्षति हुनुपर्ने बताउंदै विमा कम्पनीहरु पत्रकारहरुका लागि सहयोगी बन्न सक्ने बताइन। पत्रकार महासंघ लुम्बिनी अध्यक्ष बसन्त गिरीले पत्रकारहरुलाई सहयोग पुग्ने गरी दुर्घटना विमा गरिएको बताए।प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गर्दै पत्रकारहरुको भौतिक र आर्थिक सुरक्षाप्रति गम्भीर बन्न आग्रह अध्यक्ष गिरीले प्रदेश सरकारलाई आग्रह गरे । मिडियाको लागि छुट्टाइएको बजेट सहमयमा सही ठाउंमा खर्च हुने गरी छिटोभन्दा छिटो कार्यक्रम ल्याउन आग्रह गरे। राष्ट्रिय विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाले पत्रकारहरुको हितका राष्ट्रिय विमा कम्पनी सहयोगी बन्ने प्रतिवद्वता जनाए। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अधिकृत फर्शुराम भट्टराईको सञ्चालनमा कार्यक्रममा भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा १७ सय भन्दा वढि पत्रकार भएपनि यश अघि जिल्लाको विमा पोलिसिमा सहभागी नभएका पत्रकारहरुको मात्र पहिलो चरणमा विमा गरिएको पत्रकार महासंघ लुमिबनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤