ताजा समाचार

महिला श्रमिक दिवसमा IIMS कलेजका विद्यार्थीलाई आत्मरक्षा तालिम

  • फागुन २५, २०७८
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शहबाज खान, कपिलवस्तु । IIMS कलेज काठकाण्डाैले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा आत्मरक्षा तालिम दिई महिला दिवस मनाएको छ । 'सामाजिक न्याय र लैँगिक समानता, दिगो विकासको सुनिश्चितता' भन्ने मूल नाराका साथ विश्वभरीका महिलाहरुले श्रमिक महिला दिवस मनाइरहँदा IIMS कलेजले पनि अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चलाई भव्य रुपमा कार्यक्रम गरी मनाइएकाे आयाेजकले जनाएको छ । कलेजले महिला सशक्तिकरणका लागि अध्ययनरत विद्यार्थीलाई आत्मरक्षा गर्नको लागि कराटे तथा आत्मरक्षा गर्दा चाल्नुपर्ने सीपकाे तालिम दिएको हाे । कार्यक्रममा सुलोचन सिजाखा, देवु थापा, साजन श्रेष्ठ र निशा चौधरीले प्रशिक्षण दिएकाे कलेज प्रशासनले जनाएको छ ।

IIMS कालेजका सीओ साबिन्द्र महार्जन कार्यक्रममा बोल्दै आज नेपाली महिला समुदायको कुरा गर्दा उनीहरु अन्य शोषित पीडित बर्गका जन समुदायकासाथ सामन्ती पुरुष प्रधान सामाजिक संरचनाका कारणले थप लैंगिक शोषणको शिकार हुनु परिरहेको छ । उनीहरुमाथिको घरेलु सामाजिक हिंसा, प्रताडना, बलात्कार र हत्यासम्मका दमन र शोषण लैंगिक कारणले बढी हुने गरेका छन् । त्यसैले महिला समुदायमाथिको दोहोरो शोषण र उत्पीडनबाट उनीहरुलाई मुक्त गर्न स्वयं महिला समुदाय र उनीहरुका साथै अन्य शोषण, अन्याय र उत्पीडनमा परेका आम जन समुदायको एकता र एउटै आवाज आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । महिला समुदायको समस्या केवल महिलाको मात्र समस्या नभएर यो उत्पीडन र शोषणको समस्या भएकाले शोषित उत्पीडित सम्पूर्ण जन समुदायको संयुक्त आन्दोलन आज राष्ट्रिय आवश्यकता बन्न गएको सीओ महार्जनले बताए। कलेजकाे कार्यक्रम संयोजक नुशरत जहाँले आधुनिक विश्वमा अब महिला माथिका सबै खाले विभेद अन्त्य गर्नुपर्ने बताउँदै महिला र पुरुषकाे समान अधिकार र व्यवहार अहिलेको आवश्यकता रहेकाे बताइन् । उनले समान अधिकारका लागि महिलालाई सिप र स्वरोजगार दिनुपर्नेमा जिकिर गरिन् । श्रमको उचित मूल्य, सामाजिक सुरक्षा, आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्राम गर्न पाउनुपर्ने जाेड दिइन् ।

महिला अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको व्यवहारमै कार्यान्वयन लागु गर्नुपर्ने बताउँदै सामाजिक र राजनैतिक अधिकार पनि सुनिश्चित हुनेपर्ने उनले माग गरिन् । राज्य दिने हरेक महिला अधिकारलाई सरकारले कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न जहाँले अनुरोधसमेत गरिन् । कार्यक्रम संयाेजक नुशरत जहाँले प्रशिक्षकलाई सम्मान पत्रसमेत प्रदान गर्दै धन्यवाद दिइन् । आगामी दिनमा पनि IIMS कलेजले महिला सशक्तिकरण तथा विकासको लागि थप कार्यक्रम गरिने प्रतिबद्धताका जनाएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤