आमाको खुट्टा मुनि स्वर्ग रहेको छ :-मसहूद खां नेपाली

  • फागुन २४, २०७८
  • १०४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फाल्गुन २४ सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा ११२औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको छ। कृष्णनगर नगरपालिकाको आयोजना र माइती नेपाल, इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति पुर्नस्थापना गृह,साना हातहरू ,सुआहारा, लगायत संघ संस्थाको सहकार्यमा संचालन भएको थियो। कृष्णनगर नगरपालिकाकी उपप्रमुख शबनम खातुनले कार्यक्रमको अध्यक्षता गरेका थिइन। अतिथीहरुमा कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेल, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफी,कृष्णानगर नपा वडा नं २ वडाध्यक्ष संजय गुप्ता, शिक्षा शाखा प्रमुख बलराम पन्थी रहेका थिए।

कार्यक्रममा बोल्दै कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेलले महिलाहरु हक अधिकार बाट वन्चित नहुनु पर्ने बताउदै महिला अधिकार सम्बन्धि समस्या रहेको ग्राउंड जिरो देखि नै समाधान गर्नु पर्नेमा जोड़ दिए। लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली उपस्थित सबै लाई धन्यवाद दिदै महिला लाई उच्च सम्मान दिनु पर्नेमा जोड़ दिदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताउदै महिला भएमा मात्र पुरुषको जीवन सार्थक हुने समेत बताउनु भयो। कार्यक्रममा बोल्दै उपप्रमुख शबनम खातुनले महिला अधिकारका लागि आफुहरु सधै लड़ने बताउनुभयो र महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने कुरामा जोड़ दिदै कार्यक्रम समापनको घोषणा समेत गरेका थिइन।

कार्यक्रममा कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्ययले शुभकामना मन्तव्य राख्नुभयो l माइती नेपालका विकाश श्रीवास्तव लगायत प्रहरी, कर्मचारी, समाजसेवी, महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, महिला लगायत अन्यको उपस्थित रहेको थियो lकार्यक्रम सञ्चालन इश्वरी प्रसाद पौडेल ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१