ताजा समाचार

सभ्य तरिकाले होली मनाउन एसपी बस्नेतको आग्रह

  • फागुन २४, २०७८
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २४ फागुन  । जिल्ला प्रहरी कार्यालय पर्साले होलो सभ्य तरिकाले मनाउन आग्रह गरेको छ ।हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व मध्येको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन एउटा सन्देश जारी गर्दै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले आग्रह गरेका हुन् ।

पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी होली होली मनाउन एसपी बस्नेतको सुझाव छ । 

एसपी बस्नेतले होली खेल्दा रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहर पानिको प्रयोग नगर्नसमेत आग्रह गरेका छन् ।बस्नेतले सवारी साधन तिव्र गतीमा नचलाउन, मादक पदार्थ सेवन नगर्न, मोटरसाइकलमा २ जना भन्दा बढी सवारी नहुन, हेलमेटको अनिवार्य प्रयोग गर्न, बाटोमा हिडने व्यक्तीलाई जबर्जस्ती रंग तथा अविर नलगाउन पनि अनुरोध गरेका छन् ।अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्चिल गित नवजाउन, डिजे तथा अन्य लाउड स्पीपर चर्को साउण्डमा नवजाउन, होली खेल्दा मनोरञ्‍जनको नाममा गाँजा, भंग, र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न पनि बस्नेतको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤