ताजा समाचार

अकालमा निधन भएका ठाकुर परिवारलाई आर्थिक सहयोग

  • फागुन २१, २०७८
  • १५१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २१ फागुन । दहेजको कारण आज मधेशमा अधिकाँश महिला माइतीमा बस्न बाध्य छन् । यस्ता कैयन पिडा यातनामा महिला बाँचिरहेकोले दाइजो अन्त्य गर्न नाई समाज सेवा तथा नाई परिवार एकता ग्रुप नेपाल सक्रिय भएका छन् । नाई स्वजाती परिवारमा यस्ता धेरै हिँसात्मक तथा गरिबीले थिचिएकोले यसलाई अन्त्य गर्न नाई समाज सेवा र नाई परिवार एकता ग्रुप नेपालले आज आर्थिक सहयोग गरेका छन् । खाडी मुलुकमा रहेका यस संस्थाका सँयोजक द्धय दिनेश ठाकुर र परमहंथकुमार ठाकुरको सहयोगमा अकालमा निधन भएका शिवनारायण ठाकुरका परिवारलाई १ लाख ५५ रुपैयाँ सहयोग गरिएको छ । सो संस्थाले आज सप्तरीको सुरुँगा २ हर्दिया स्थित एक कार्यक्रम गरि रकम उपलब्ध गराएको कार्यक्रम संचालक दिनेश ठाकुरले बताए । शिवनारायण ठाकुरको पुष ३ गते करेन्ट लागेर निधन भएको थियो । योसँगै शिवनारायणका पत्निलाई शिप जागरण गर्न सिलाई मेसिनसमेत उपलब्ध गराएका छन् ।

कार्यक्रममा रामशिला ठाकुर, वडाध्यक्ष विष्णुबहादुर थापा, शिवा चौधरी, दर्पलाल चौधरी, वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता, प्रमोद चौधरीलगायत दर्जनबढीले मन्तव्य राखेका थिए । यसमा खाडीमुलुकबाट अनलाइनमार्फत नाई समाज सेवा र नाई परिवार एकता ग्रुप नेपालका संयोजकद्धय दिनेश ठाकुर र परमहंथकुमार ठाकुरले स्वजातीय परिवारको लागि यो पहिलो सहयोग हो । यसलाई थप अगाडि बढाउँदै आउँदो दिनमा दहेजमुक्त, शिक्षा, स्वास्थ्य र शिपमुलक कार्यक्रम ल्याउँने जानकारी दिएका छन् । संस्थाको वाट्स एप ग्रुपमा जोडन स्वजाती परिवारलाई आव्हान गरिएको छ । सो कार्यक्रममा करिब तीन दर्जन स्थानीय तथा अतिथीलाई दोसाला र गमछा औढाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤