अकालमा निधन भएका ठाकुर परिवारलाई आर्थिक सहयोग

  • फागुन २१, २०७८
  • १२३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २१ फागुन । दहेजको कारण आज मधेशमा अधिकाँश महिला माइतीमा बस्न बाध्य छन् । यस्ता कैयन पिडा यातनामा महिला बाँचिरहेकोले दाइजो अन्त्य गर्न नाई समाज सेवा तथा नाई परिवार एकता ग्रुप नेपाल सक्रिय भएका छन् । नाई स्वजाती परिवारमा यस्ता धेरै हिँसात्मक तथा गरिबीले थिचिएकोले यसलाई अन्त्य गर्न नाई समाज सेवा र नाई परिवार एकता ग्रुप नेपालले आज आर्थिक सहयोग गरेका छन् । खाडी मुलुकमा रहेका यस संस्थाका सँयोजक द्धय दिनेश ठाकुर र परमहंथकुमार ठाकुरको सहयोगमा अकालमा निधन भएका शिवनारायण ठाकुरका परिवारलाई १ लाख ५५ रुपैयाँ सहयोग गरिएको छ । सो संस्थाले आज सप्तरीको सुरुँगा २ हर्दिया स्थित एक कार्यक्रम गरि रकम उपलब्ध गराएको कार्यक्रम संचालक दिनेश ठाकुरले बताए । शिवनारायण ठाकुरको पुष ३ गते करेन्ट लागेर निधन भएको थियो । योसँगै शिवनारायणका पत्निलाई शिप जागरण गर्न सिलाई मेसिनसमेत उपलब्ध गराएका छन् ।

कार्यक्रममा रामशिला ठाकुर, वडाध्यक्ष विष्णुबहादुर थापा, शिवा चौधरी, दर्पलाल चौधरी, वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता, प्रमोद चौधरीलगायत दर्जनबढीले मन्तव्य राखेका थिए । यसमा खाडीमुलुकबाट अनलाइनमार्फत नाई समाज सेवा र नाई परिवार एकता ग्रुप नेपालका संयोजकद्धय दिनेश ठाकुर र परमहंथकुमार ठाकुरले स्वजातीय परिवारको लागि यो पहिलो सहयोग हो । यसलाई थप अगाडि बढाउँदै आउँदो दिनमा दहेजमुक्त, शिक्षा, स्वास्थ्य र शिपमुलक कार्यक्रम ल्याउँने जानकारी दिएका छन् । संस्थाको वाट्स एप ग्रुपमा जोडन स्वजाती परिवारलाई आव्हान गरिएको छ । सो कार्यक्रममा करिब तीन दर्जन स्थानीय तथा अतिथीलाई दोसाला र गमछा औढाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

जिरोदेखि हिरोसम्मको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । सिरहाको लहानमा रहेको बेबी एन्जल सेकेण्ड्री स्कूल पछिल्ला वर्षहरूमा निज ...

लहानमा पुस्तकालय दिव ...

लहान, भदौ १६ । १८औँ पुस्तकालय दिवसको अवसरमा सिर्जना पुस्तकालय लहान–११ पडरियाद्वारा &ldquo ...

कालिकामाईका अधिकृत अ ...

रंजित चौरसिया,वीरगंज १६ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा बदनामी कमाएका प्रमुख प्रशासकीय अ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१