ताजा समाचार

भारतले बढाएर पठाएको भन्दै निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत

  • फागुन १७, २०७८
  • १०८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले विवरण सार्वजनिक गरेको छ । नयाँ मूल्यअनुसार आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने निगमले जनाएको छ ।निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकोले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको हो ।विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

आईओसीको मूल्य सूचीअनुसार प्रति लिटर पेट्रोल ३.८९, डिजेल ३.०८, मट्टितले १०.३० र हवाई इन्धनमा ३.३२ ले बढेर आएको छ ।समायोजन हुदाँ पनि प्रतिमहिना करिब ६ अर्बभन्दा बढी नोक्सानी हुने अनुमान छ । निगमले चालु आर्थिक वर्षको २०७८/७९ को अहिलेसम्म निगमले करिब २८ अर्ब नोक्सानी व्यहोरिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤