शिवराजम चन्द्रौटाका खाद्य पसलहरु अनुगमन

  • फागुन १५, २०७८
  • ९३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार क्षेत्रमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको छ । आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा भएको अनुगमनमा नागरिकहरुको स्वास्थ्यमा खेलवाड गर्ने कसैको अधिकार नरहेकोले गुणस्तरीय खाद्य बस्तुहरु बिक्रि गर्न आग्रह गरिएको छ । कतिपय व्यवासयिहरुले अखाद्य वस्तु वेच्ने गरेकोले त्यस्ता व्यावसायीलाई कडाईको साथ निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवसंकर मिश्रले बताउनुभयो । विभिन्न समयमा गरिने बजार अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको मिश्रले बताउनुभयो । १२ वटा पसलहरुको अनुगमन गरिएको र यस भन्दा अघि गरिएको अनुगमन भन्दा धेरै सुधार देखिएको उहाँले बताउनुभयो ।

कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अधिकृत विष्णु पोख्रेलले बताउनुभयो । अनुगमन गरिएका पसलहरुमा मुल्य सुचि नभएको,नविकरण नगरिएको,अखाद्य बस्तु विक्री गर्न राखिएको लगाएतका कमिकमजोरी भेटिएका छन् । अनुगमनमा शिवराज नगरपालिका रोजगार शाखा अधिकृत पर्शुराम घिमिरे, वडा प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारहरुको सहभागितामा अनुगमन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१