ताजा समाचार

शिवराजम चन्द्रौटाका खाद्य पसलहरु अनुगमन

  • फागुन १५, २०७८
  • १०४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार क्षेत्रमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको छ । आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा भएको अनुगमनमा नागरिकहरुको स्वास्थ्यमा खेलवाड गर्ने कसैको अधिकार नरहेकोले गुणस्तरीय खाद्य बस्तुहरु बिक्रि गर्न आग्रह गरिएको छ । कतिपय व्यवासयिहरुले अखाद्य वस्तु वेच्ने गरेकोले त्यस्ता व्यावसायीलाई कडाईको साथ निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवसंकर मिश्रले बताउनुभयो । विभिन्न समयमा गरिने बजार अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको मिश्रले बताउनुभयो । १२ वटा पसलहरुको अनुगमन गरिएको र यस भन्दा अघि गरिएको अनुगमन भन्दा धेरै सुधार देखिएको उहाँले बताउनुभयो ।

कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अधिकृत विष्णु पोख्रेलले बताउनुभयो । अनुगमन गरिएका पसलहरुमा मुल्य सुचि नभएको,नविकरण नगरिएको,अखाद्य बस्तु विक्री गर्न राखिएको लगाएतका कमिकमजोरी भेटिएका छन् । अनुगमनमा शिवराज नगरपालिका रोजगार शाखा अधिकृत पर्शुराम घिमिरे, वडा प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारहरुको सहभागितामा अनुगमन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤