Siraha Times
ताजा समाचार

प्रहरी नायब निरीक्षक यादवले मचाए नगवा क्षेत्रमा आर्थिक तान्डव

  • फागुन १५, २०७८
  • २६८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, १५ फागुन / इलाका प्रहरी कार्यालय नगवाका प्रमुख प्रहरी नायब निरीक्षक उपेन्द्र यादवले आफ्नै कर्मचारीको माध्यमले नगवा क्षेत्रमा आर्थिक तान्डव मचाएको बिषयमा जोकोहीले पनि सजिलै देख्न सक्छ । नेपालबाट भारत र भारतबाट नेपाल आउने मालसमान लगायत सर्वसधारणले खरिद गरी पर्साबाट बारा जिल्ला जाने सर्वसधारणहरु स“ग समेत आर्थिकको कारोवार गर्ने गरेको एक भिडियो क्लिपबाट प्रमाणित भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले पर्साको सबै प्रहरी चौकीका कमाण्डरलाई काडा रुपले निगरानी बढाउन निर्देशन दिएपनि इलाका प्रहरी कार्यालय नगवाका प्रमुख प्रहरी नायब निरीक्षक उपेन्द्र यादवले कार्यन्वयन नगरेको देखिन्छ । आफ्नै माथिल्लो निकायको आदेशलाई धज्जि उडाउदै इलाका प्रहरी कार्यालय नगवाका प्रंहरी प्रमुख यादवले कमाई खाने भाडोको रुपमा प्रहरी चौकीलाई प्रयोग गरेको देखिन्छ ।

बारा जिल्लाबाट दिनहु पर्सा जिल्लामा काम गर्न आउनेहरुले घरायसी प्रयोजनको लागी केही समान खरिद गरी साझको समयमा आफ्नो जिल्ला फर्किरहेको अवस्थामा समेत प्रहरीले बिभिन्न बहाना बनाउदै रकम असुलीमा लागेको दुखेसो एक बाराका बृद्धले पोख्नु भयो । इलाका प्रहरी कार्यालय नगवाका प्रमुख उपेन्द्र यादवले प्रहरी हवलदार रमेश खडकाको माध्यमबाट रकम असुली तिब्र गरेको दुखेसो उक्त क्षेत्रका सर्वसधारणहरु नै बताउन थालेका छन । प्रहरी हवलदार खडका प्रति दिन ८ देखी १० हजार रुपैया उठाएर प्रहरी नायब निरीक्षक यादवलाई बुझाउने गरेको प्रहरी श्रोतले नै बताएका छन ।

प्रहरी नायब निरीक्षक उपेन्द्र यादवको राम्रै पहुच भएका कारण पर्साको बसपार्क, पोखरीया, महिला सेल लगायतको ठाउहरुमा बसि सकेपनि हाल आफ्नो पावर लगाउदै इलाका प्रहरी कार्यालय नगवाको जिम्मेवारी पाएका छन । उनको दरबन्दी रसुवा जिल्ला भएपनि राम्रो पहुच भएका कारण यथास्थितमा बस्न सफल भएका हुन । अन्यत्र जिल्ला दरबन्दी भएकाहरु सबैले रवाना बुझी गएपनि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले रोक्न सफल भएका छन ।आर्थिक प्रलोभनका कारण रसुवा दरबन्दी भएका प्रहरी नायब निरीक्षक यादवलाई जिल्ला प्रहरी कार्यालयमा नबसाई इलाका प्रहरी कार्यालय नगवाको जिम्मेवारी दिनुले प्रश्ण चिन्ह खडा भएको छ । तसर्थ  यस बिषयमा जिल्ला प्रहरी प्रमुख लगायत माथिल्लो निकायको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१