ताजा समाचार

भ्रष्टाचार नियन्त्रणमा युवाको भुमिका

  • फागुन १३, २०७८
  • २६७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा/फाल्गुन १३ गते। समान्यतया जीवनशैलीको महत्त्व जगाउन सकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । त्यसैगरी भ्रष्टाचारीहरुलाई कार्वाही गरेर उदाहरण कायम गर्न सकेमा अगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समग्र विकासको बाटोतर्फ अघि बढन सकिन्छ । भ्रष्टाचार नेपालको कुन कार्यालयमा भएको छैन ? यद्यपि भ्रष्टाचार र भ्रष्टाचारीलाई कानुनी रुपमा कार्वाही भएनन् भने देश, राष्ट्र विकसितको अनुभव सम्भव छैन । राष्ट्र निर्माणमा युवा वर्गको अति नै भुमिका रहेको हुन्छ । यदि युवाले चाहे , भने कायापल्ट गरिदिने छ। भ्रष्टाचार हुन नदिन , भ्रष्टाचारी कार्वाहीको दयारामा ल्याउन सक्स जरुरी छ। भ्रष्टाचारीहरुलाई खोजीखोजी कानुनी उपचार गर्नुपर्छ। सदाचारी अर्थात राम्रो कामको प्रसंशा हुनुपर्छ । सिरहाको कुन यस्तो सरकारी कार्यालय छ , जहाँ, भ्रष्टाचार भएको छैन - यातायात, मालपोत, नापी , सकड डिभिजन लहान, र स्थानीय तहहरुमा नसोचेसम्मको भ्रष्टाचार हुन्छ। यसलाई रोक्न युवा जागरुक हुनुपर्छ । अनिमात्र समृद्ध नेपाल , सुखी नेपाली अनुभुति हुनेछ ।

नेपालमा कुनै पनि संस्था वा राज्यका विभिन्न पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकार दुरुपयोग गरेमा कार्वाही गर्न संवैधानिक निकायको रुपमा अख्तियार दुरुपयोग आयोगको गठन गरिएको छ। भ्रष्टाचारलाई सामाजिक रुपमै निन्दा र भत्सर्ना गर्नु जरुरी हुन्छ । छिमेकी मुलुक चीनमा ठुलठुला भ्रष्टाचारीहरुलाई मृत्युदण्ड दिएको उदाहरण छन। यस सन्दर्भमा नेपालमा पनि जनताका लागि दिइने सेवामा चलखेल गर्ने भ्रष्ट व्यक्तिलाई हदैसम्मको सजाय दिनु निदान्त जरुरी छ। सार्वजनिक पद धारण गरेका कुनै पदाधिकारीले पदीय दायित्व विपरीत व्यक्तिगत स्वार्थ अनुकूल काम गर्नेगरेको भन्ने सर्वसाधारणले हाम्रो सामाजिक, साँस्कृतिक, विशेषता भएको देशमा विशेष चर्चा पाएको छ। नेपालको सन्दर्भमा निहित स्वार्थको द्वन्द हुन सक्ने सम्भावित क्षेत्रहरुमा सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत खरिद गरिने विभिन्न परामर्श, खरिद सेवा तथा विकास निर्माण कार्यको लागि ठेक्का सम्झौता र त्यससँग सम्बन्धित कार्यहरु पर्दछन।

भ्रष्टाचार नियन्त्रणमा युवा वर्गको भुमिकाबारे गहनरुपमा यस लेखमा चर्चा गर्नेछौं - देश निर्माणमा मुख्य हात युवाको हुन्छ । हाम्रो देशमा युवाहरू खाडी मुलुक आयआर्जनका लागि भासिदै गएको छ। युवाहरूले रेमिटान्स पठाए देश चलाउनमा मद्दत गरिरहेका छन। यस्तो स्थितिमा युवाहरुमा दक्ष भई आफ्नै देश निर्माणमा हातेमालो गर्नसके भ्रष्टाचार न्युनिकरणमा समेत ठुलो मद्दत हुने थियो । युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्तसाह, शक्ति भएको उमेर समूह हो । समाज परिवर्तनका लागि नयाँ सोच, जोश, जाँगर, उर्जा, चेतना, मौलिकता तथा प्रष्ट स्वभाव लगायत अनेकन तत्त्वहरु छन। नेपालीहरु खाडी मुलुकमा पसिना बगाई रहदा आफ्नै गाउँघरमा मलामीसम्मको जनशक्ति नभएको विभिन्न संचार माध्यमहरुमा प्रकाशित भइरहेको छ। यतिमात्र होइन दिनहुँ बाकसमा बन्द भएर आउने नेपाली युवाहरूको शवहरु अनि तिनका आश्रित परिवारका आँशुबारे सोच्नै पर्ने बेला छ। युवाहरु देशका मणि हुन भन्ने देशका मणिलाई विदेशिनु नै नपर्ने वातावरण सिर्जना गर्नु पर्दछ। युवाहरुले आफ्नो माँग सरकार वा सरोकारवालाहरु समक्ष लैजान आवश्यक छ। यस अर्थमा स्वरोजगार र सीपमूलक शिक्षा प्रणाली जस्ता अवधारणा साकार पार्ने नेपाली युवाहरूको जोडदार आवाज उठ्न अति आवश्यक छ।

नेपाल सरकारले भ्रष्टाचारबारे शुन्य सहनशीलताको नीति अवलम्बन गरेको छ,भनिन्छ । तर आर्थिक भ्रष्टाचार, नैतिक - सामाजिक भ्रष्टाचार , नीतिगत भ्रष्टाचार न्युनिकरण गर्ने सम्बन्धमा कार्यगत रुपमा ठोस तरिका अपनाएको पाइदैन । तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीले ' म' भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार पनि गर्न दिन्नँ ' भन्ने संकल्प गरेका थियोे । तर उनले आफ्नो कार्यकालमा त्यसलाई व्यवहारमा दृढतासाथ लागू गरेको देखिएनन् । हुन त भ्रष्टाचार बहुयामिक विषय हो ।र एक जना प्रधानमन्त्री, मन्त्री , वा कुनै निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुदैन । तर त्यसलाई पहल नै नगर्नुचाहिँ विडम्बनापूर्ण छ। भ्रष्टाचार नियन्त्रणका लागि निजीक्षेत्रका संस्थाहरुको सशक्त भुमिका रहेको संन्यन्त्र बनाउनुपर्छ । तर यस क्षेत्रमा सरकार प्रमुखको खास दिलचसी नदेखिएकाले भ्रष्टाचारको मात्रा घटन सकेको छैन ।

भ्रष्टाचार रोक्ने कानुनी प्रवधानहरु पनि छन:- भ्रष्टाचार हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग , राष्ट्रिय सतर्कता केन्द्र , राष्ट्रिय अनुसन्धान विभाग , राष्ट्रिय सुचना आयोग, विशेष अदालत जस्ता राज्यसँग स्थापित संवैधानिक निकायहरू छन । तर यी निकायहरूको फितलोपनले भ्रष्टाचार नियन्त्रणमा खासै प्रभाव देखिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤