ताजा समाचार

प्रभु गिरीको हत्या गर्ने मुख्य योजनाकार १६ बर्ष पछी भारतबाट पक्राउ नेपाल ल्याउदै

  • फागुन १३, २०७८
  • १००० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बाजुरा । जिल्ला प्रहरी कार्यलय बाजुराले प्रभुको हत्या गर्ने मुख्य योजनाकार भरत गिरीलाई १६ बर्ष पछि भारत बाट प्रक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख चर्तुभुज ओझाले वताएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराले पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरिएको हो । मुख्य योजनाकार भरत गिरी पनि कालापानी गाउँकै रहेको प्रहरीले जनाएको छ । प्रहरीले इन्टरपोल संगको समन्वय तथा भारतिय प्रहरीको सहयोगमा भारतको उत्तराखण्ड प्रक्राउ गरेर नेपाल ल्याएको हो । उनि १६ बर्ष देखी भारतमा लुकिछिपि बसिरहेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

मुख्य योजनाकार भारत फरार रहेका थिए, भने हत्यामा संलग्न अन्य ९ जनाले भने जेल भुक्तान गरिसकेको प्रहरीले जनाएको छ । प्रभुलाई सुतिरहेको बेला पसलमा पुकार किन्न जाउ भनेर भरतले बोलाएर लगेका थिए । पसल नपुग्दै बाटो बाटै भट्याको रुखमा भिमलको डोरीले बाँधि साईकलो चैन, लाठि, मुग्रा, ढुङ्गा प्रहार गरी निर्ममता पुर्वक हत्या गरेर नजिकै रहेको गहुँ बारीमा फालेका थिए ।

प्रभु गिरीको २०६३ साल माघ १० गते साँझ बिभत्स हत्या गरेको थियो । प्रभुको टाउको फुटाएर गिद्धि समेत देखिएको पुरै शरिरमा निल डाम देखिएका थिए । तत्काल मृतकको दाईले किटानी जाहेरी दिएका थिए । भरत गिरी प्रभुको हत्या पछि फरार भएका थिए, अन्य सह अभियुक्तहरु भने प्रक्राउ परेका थिए । प्रभुलाइ हत्या गर्नुको कारण भरत गिरीले आफ्नै काकाको छोरी बहीनि नाता लाग्ने सँग अनैतिक गलत सम्बन्ध राखेको अबस्थामा प्रभु गिरीले रंगे हात भेटेपछि भरतले प्रभुलाई हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत बाजुराले २०६८ माघ ४ गते भरत गिरीलाई सर्वश्व सहति जन्म कैदको फैसला गरेको थियो । त्यस्तै पुनराबेदन अदालत दिपायलले पनि सोही फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले भने २०७० भदौ २१ गते जन्म कैदको फैसला ठहर गरेको थियो । प्रभु हत्या भएको १६ बर्ष पछि मुख्य अभियुक्त प्रक्राउ परेपछि पिडितले न्यायको अनुभुति भएको वताएका छन् ।फरार अभियुक्त प्रक्राउ गर्नका लागि प्रहरी लामो समय देखी खोजी कार्यमा लागेको थियो । भारतमै पुगेर लुकिछिपि बसेको अबस्थामा १६ बर्ष पछि अपराधि प्रक्राउ गर्न सफल भएको प्रहरी प्रमुख ओझाले वताएका छन् । मृतक प्रभुकि भाउजु तारा गिरीले भनिन्, ढिलै भएपनि न्याय पाएको वताईन् । हामीले न्याय पाउने आश मारिसकेका थियौ, तर प्रहरी हत्यारा प्रक्राउ गर्न सफल हुदा खुशी भएको ताराले वताईन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤