ताजा समाचार

प्रहरी र पत्रकारको नाममा चान्दा आतंक मचाउने बारा प्रहरीद्वारा पक्राउ

  • फागुन ११, २०७८
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, ११ फागुन ÷ बाराको सीमा नाकाहरुमा चान्दा आतंंक मचाउने एक जना ठग पत्रकारलाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । प्रहरी र पत्रकारको नाम बेच्दै सर्वसधारणलाई दुख दिदै आएको आरोपमा एक जना पर्सेली पत्रकारलाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी र पत्रकारको नाममा चान्दा आतंक सुरु भएको बिषयमा उजुर पर्नसाथ बारा प्रहरीले निगरानी गर्दै आएको बारा प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार सीमा नाका स्थित रहेका सर्वसधारणहरु भारतबाट खदान्य समाग्री खरिद गरी आउदै गरेको अवस्थामा आफु प्रहरी हो भन्दै २० हजार रकम मांग गरेको उजुर परे पश्चात पक्राउ गरिएको बारा प्रहरीले जनाएको हो ।

कहिले प्रहरी त कहिले पत्रकार बनि सर्वसधारणलाई ठग्दै आएको पर्साको छिपहरमाई गाउपालिका वडा नम्बर १ बस्ने धर्मेन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिगत केही हप्तादेखी बाराको सीमा नाकामा प्रहरीको नाम बेच्दै केही समुह सक्रिय भए पश्चात बारा प्रहरी खोजिमा जुटेको थियो । तर सबै स—प्रमाण फेला परेपछि वीरगंजको प्रतिमा चौक नजिकैबाट धर्मेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जानकारी दिनुभयो ।

बारा प्रहरीले पक्राउ गरेको धर्मेन्द्र यादव नेपाल न्यूज एक्सप्रेस दैनिकका साथै नेपाल फेस नामक अनलाइनमा कार्यरत रहेका छन । उनि माथि ठगि मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤