Siraha Times
ताजा समाचार

इलाका प्रहरी कार्यालय महेशवारीबाट प्रहरीकै संरक्षणमा तस्करी

  • फागुन ६, २०७८
  • ११६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/६ फाल्गुन। सिराहाको दक्षिणी सिमावर्तीमा पर्ने इलाका प्रहरी कार्यालय महेशवारीबाट प्रहरीकै संरक्षणमा तस्करी फस्टाएको छ। इलाका प्रहरी महेशवारीका प्रमुख प्रहरी सव इन्सपेक्टर झनक अधिकारी र तस्करको मिलिमतोमा अवैध मालसमान वारपार गराउने गरेको गुनासा छन। लौकहा - ठाडी सडकखण्डमा पर्ने इलाका प्रहरी कार्यालय महेशवारी पर्दछन। जहाँ दर्जामा रहेका प्रहरीको कर्तुत हेर्दा अचम्म लाग्छन् । समय समयमा चर्चाको विषय बनेको जिल्लाको महेशवारी नाकामा सबैभन्दा बढी अवैध मालसमान वारपार र करोडौँको भन्सार छलेको देखिन्छ । शान्ति सुरक्षा कायम गर्न सफल मानिएका नेपाल प्रहरी संगठन केही घुस्याहा प्रवृत्ति बोकेको कर्मचारीले गर्दा समय समयमा सम्पूर्ण प्रहरी संगठनलाई नै बदनाम गर्ने गरेको पनि पाइन्छ ।यस्तै भएको देखिन्छ ।सिरहाको महेस्वारीमा ।

Open photo

इलाका प्रहरी महेशवारीका स. ई झनक अधिकारीले आफ्नो छुट्टै घुमुवा राखी तस्करसँग महिनावारी गरि तस्करीलाई बढावा दिएको श्रोतको दाबी छ। प्रहरी अधिकारीले प्रति व्यापारीसँग १५ देखि ५० हजार मासिक उठाउने गरेको एउटा प्रहरीले नै आफ्नो नाम गोप्य राख्ने शर्तमा भनेको छन।त्यस नाकाबाट दिन प्रतिदिन नेपालको राष्ट्रिय जनावर गाई,गोरु,लता कपडा ,चिनी,राजनिवास इत्यादी अबैध रुपमा वारपार हुने गरेको प्रमाणहरु सुरक्षित राखिएको छ। यो सँगै अवैध मालसमानहरु प्रा:य जसो राती ओसारपसार गर्ने गरेको र रातभरी सुत्न समेत बाइक र पिकअप भ्यानको आवाजले अप्ठ्यारो भएको स्थानीयको भनाइ छ।

Open photo

उक्त विषयमा हाम्रो सम्बादाता बुझ्न जादा सव इन्स्पेकटर अधिकारीले आवेशमा आएर भने तस्करलाई रोक्ने काम हाम्रो होईन जानुस बोर्डरमा खटेको शसस्त्र प्रहरीको जिम्मेवारी हो वहाँहरु लाई भन्नुस। नेपाल प्रहरी संगठनको नीति निर्देशनलाई धज्जी उडाउने कार्य गरिरहेकाले प्रहरी सव इन्सप्क्टर झनक अधिकारी माथि माथिल्लो निकायको ध्यानजान अति नै आवश्यक देखिन्छ। देशको सुरक्षा निकाय सुरक्षाकर्मीलाई मानिन्छ, यदि रक्षक नै भक्षक भएपछि के होलान् ? त्यसैले यस्तोयस्तो प्रहरीलाई अविलम्ब सरुवा हुनुपर्ने आवाज उठिरहेका छन।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१