सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद

  • माघ २६, २०७८
  • ९३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, २६ माघ / नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा लागू औषध गाजा सशस्त्र प्रहरीले बरामद गरेको छ । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले भारी मात्रामा लागू औषध गाजा बरामद गर्न सफल भएको हो । बिशेष सूचना आउनसाथ डिआइजी गणेश ठाडा मगरको निर्देशनमा खटिएको स्कवाड टोलिले लागू औषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मङ्गलवार राती करिब १०:३० बजेको समयमा खटिएको सशस्त्र प्रहरीको टोलिले लागू औषध गाजा बरामद गरेको हो । बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा खेतको नहर सडकबाट लागू औषध गाजा १ सय १२ किलोग्राम बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । बिशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिलाइ हेर्नसाथ तस्करहरू फरार भएपनी लागू औषध गाजा बरामद गर्न सफल भएको, उनले बताए । बरामद गरिएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१