तस्करीको पैसाबाट प्रहरी चौकी प्रसौनीका ईन्चार्ज यादव मालामाल

  • माघ २२, २०७८
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २१ माघ । पर्सा जिल्लाको ग्रामिण क्षेत्र प्रसौनी भाठ्ठा नाकाबाट खुल्लेयाम रुपमा लत्ताकपडा, हाडयेवर, पाडा, भैंसी, किराना सामग्री, पेट्रोलियम पदार्थ लगायतका सामग्रीहरुको निर्वाध रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । प्रहरी चौकी प्रसौनी भाठ्ठाको क्षेत्रबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरिक्षक श्याम किशोर यादवले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो गरेका छन् । प्रहरी चौकीका ईन्चार्जले महिनाको १ लाख देखि ५ लाख सम्म तस्करहरुबाट महिनवारी बुझदै आएको स्रोतको दाबी रहेको छ । रातीको करिब १० बजे देखि बिहान ४ बजे सम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रबाट तस्करीका साथै लोकल मदिरा भठ्ठीहरु पनि सञ्चालन भईरहेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रमा करिब आधा दर्जन मदिराभठ्ठीहरुबाट पनि प्रहरी चौकीका ईन्चार्ज यादवलाई महिनवारी आईरहेको सो चौकीमै कार्यरत्त एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । प्रहरी नायब निरिक्षक यादवको प्रहरी संगठनमा राम्रो पकड भएकै कारण उनी आफ्नो जिज्यान लगाएर तस्करी गराईरहेको उनले नै हवाला पनि दिदै आएका छन् । सो सम्बन्धमा प्रहरी चौकी प्रसौनीभाठ्ठाका ईन्चार्ज यादवसँग सम्पर्क गर्दा उनले आफ्नो क्षेत्रबाट कुनै पनि सामानको तस्करी नभईरहेको दाबी गरे । यस्ता प्रहरीहरुका कारणले पूरा संगठन नै बदनाम भइरहेको हुनाले यस गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१