Siraha Times
ताजा समाचार

माछा लिएर काठमाडौं जादै गरेको पिकप भ्यान दुर्घटना

  • माघ २०, २०७८
  • १२४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह काठमाडौं २० माघ - माछा लिएर काठमाडौं जादै गरेको TATA कम्पनीको योद्धा नाउँ गरेको पिकप भ्यान गाडी नम्बर प्र ३०१२४ च ४८७५ भएको गाडी २०७८माघ १९ गते बुधबार बिहान करिब ४ बजे तिर अनियंत्रित भई सडक बाट १० फिट तल खस्दा दुर्घटना भएको हो । ब्याट्रीको तार सर्ट भएर गाडीमा एकासी आग्लागी भई पुर्ण रूपमा गाडी जलेर नस्ट भएका छन्।बारा जिल्ला बाट ३५० किलो माछा लोड गरी काठमाडौं हिडेका गाडी दक्षिणकाली देखि करिब ७ किलोमिटर माथी फर्पिङ भन्ने ठाँउमा गाडी अनियंत्रित भई सडक भन्दा करिब १० फिट तल झरेका थिए। दुर्घटनामा केहि मानवीय क्षेती नभएको प्रहरीले बताए। गाडी दुर्घटना भएको १२ मिनेट पछी एकासी गाडीमा आगोसल्केर गाडी पुर्ण रूपमा नस्ट भएको घटना स्थलमा पुगेका ट्राफिक प्रहरी कृष्ण प्रसाद चापागाईंले जानकारी दिनु भयो।दुर्घटना भएको खबर साथै घटना स्थलमा पुगेका उनले बताए। प्रहरीका अनुसार चलिरहेको गाडीलाई हाम्रो प्रहरीको एक समुह धम्कल बोलाई गाडीमा लागेको आगो निभाएको प्रहरी बताए।

गाडी चालक मकवानपुर जिल्लाको बस्तिपुर बस्ने करिब ३२ वर्षिय प्रदीप थिङ्ग रहेका थिए। गाडी चालक र गाडीमा सवार रहेका युवा सकुशल रहेको छ। गाडी र चालकको कागजात सबै ठिक रहेको प्रहरीले जानकारी दिए। गाडी धनी सिरहाको लहान नगरपालिका वडा नम्बर ८ बस्ने रमेश आन्द रहेका छन् । उनी २०७७ सालमा काठमाडौं बाट २३ लाख ८५ हजार पर्ने गाडी खरिद गरी सेन्चुरी बैंकको कलंकी सखाबाट फाईनेन्समा गाडी खरिद गरेका गाडी धनीले बताए।

प्रतिक्रिया दिनुहोस

हिंसाले जले २० करोडक ...

लहान, साउन १७ । सिरहा जिल्लाको गोलबजारमा गत बिहीबार भएको हिंसा तथा आगजनीबाट पूर्ण रूपमा व्यवसाय गुमा ...

सखुवानन्कारकट्टीमा स ...

रहमुल, लहान, १७ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि तराई–मधे ...

सिरहाको गोलबजारमा आग ...

लहान, १७ साउन । सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोहर्वास्थित न्यू असलम बस्त्रालयमा साउन १४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१