ताजा समाचार

जनकपुर डिजल सेन्टरमा प्रति दिन १० देखि १५ लि. को फरक मा डिजल बिक्री गरेको फेला

  • माघ १५, २०७८
  • १५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

गणेश कुशवाहा , जनकपुरधाम । मधेश प्रदेशको राजधानिमा रहेको जनकपुर डिजल सेन्टर दिन प्रति दिन १५लि. को हेरफेरमा डिजल बिक्री गरेको भेटिएको छ। जनकपुर बाट बिरगंज जाने ना. ७ ख. २८८१ नम्बर को यात्रु बाहक बस मा हिजो करिब ५:४५ बजे साझमा डिजल हाल्ने क्रममा ११ लिटर को फरकमा डिजल हालेको फेला परेको छ । ठिक त्यहि समय मा बिरगंज बाट आउने क्रममा दिन्हु जनकपुर डिजल सेन्टर डिजल हाल्दै आइ रहेको बस को कन्टेकटर र बस चालक ले बताए । कन्टेकटर र बस चालक अनुसार : जनकपुर डिजल सेन्टर २०७८/१०/१२ गते बुधबार को दिन ८४.०० लिटर डिजल हालेको थियौं र २०७८/१०/१३ गते बिहीबार को दिन सोहि पेट्रोल पम्प मा डिजल हाल्दा ९५.०० लिटर ११ लिटर फरकमा डिजल हालेको पाए पछि विवाद भएको थियो । अरु दिन विवाद हुदा बसको यात्रुहरुले साथ नदिदा आफु चुपचाप डिजल हालेर जाने गर्थे बताए । पेट्रोल पम्प को मालिक लोकेन्द्र साह अनुसार : हामीले डिजल हाल्दा अगाडि को मिटर हेरेर दिन्छौ नाकि पछाडि को मिटर हेरेर दिन्छौ । साह अनुसार अगाडि को मिटर ठिक छ भने पछाडि को मिटर पनि ठिकै छ भनेको थियो । कुनै पनि पेट्रोल पम्प मा तेल हाल्दा दुबै मिटर ०० हुन्छ तर जनकपुर डिजल सेन्टर को मिटर बिग्रेको भेटेको फेला परेपनि अगाडि मिटर अनुसार पैसा तिर्दै आई रहेको गाडिहरु बालाको गुनासो रहेको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤