माइती नेपाल द्वारा स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

  • माघ १२, २०७८
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, माघ १२ स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा योजना बैठक परामर्श कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो l कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखन बाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्री ले प्रकाश पार्नुभयोl कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष हरूले आफ्नो वडामा मानव बेचविखन नियन्त्रणमा गरेका कार्यहरू र वडा स्तरमा बनाएका योजनाहरू बारे बताएका थिए l

कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयोl lकार्यक्रम संचालन तथा नगरपालिकाले मानव बेचविखन नियन्त्रण सम्बनधि गरेको कार्यहरू प्रस्तुत समेत कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयोl कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्ष हरू वडा सचिवहरू कर्मचारी, मानव बेचविखन नियन्त्रण नगर स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो l

प्रतिक्रिया दिनुहोस

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

अल्ट्रा अभियानका नटव ...

रंजित चौरसिया,वीरगंज २९ साउन । अल्ट्रा अभियान डिजिटल वल्र्ड प्रा.लि.का सञ्चालक नटवरलाल दिपेश वर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१