ताजा समाचार

गाउँमै १५ शैया अस्पताल निर्माण हुनलाग्दा गाउँले खुशी:अध्यक्ष महतो

  • माघ ७, २०७८
  • १३५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार/लहान/माघ ७ गते। सिराहाको अर्नमा गाउँपालिकामा १५ शैयाको नयाँ अस्पताल र प्रशासनिक कामकाजका लागि नयाँ प्रशासनिक भवन निर्माण हुनलाग्दा स्थानीयहरु खुशी देखिएको अर्नमा गाउँपालिका अध्यक्ष ठकु महतो कोइरीले बताएका छन। गाउँमै स्वास्थ्यसेवा उपलब्ध तथा स्वास्थ्य लिने उदेश्यले सो १५ शैयाको अस्पताल निर्माण हुन लागिएको पालिका अध्यक्ष महतो कथन छ। सो १५ शैया अस्पतालको कुल लागत १६ करोड २५ लाख ९३ हजार १ सय १५ रुपैयाँ रहेको छ , भने निर्माण कम्पनी काठमाडौं अनामनगर -१० का रबिना जगदम्बा प्रसंशा जे भी आर्थिक वर्ष (२०७७/०७८) मा दुई वर्षमा काम सिदध्याउने गरि निर्माण कार्य ठेक्का दिइएको थियोे । निर्माण कम्पनी रबिना जगदम्बा प्रसंशा जे भीले हाल २०% काम पूरा गरेको देखिएको छ।

Open photo

त्सैगरी गाउँकार्यपालिका कार्यालयको प्रशासनिक भवनका कुल लागत ७ करोड ६६ लाख ४६ हजार १ सय ६६ रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृषणान्नदन महतो बताएका छन। सो प्रशासनिक भवनका लागि सिराहाको लहान -३ मा रहेको सी एम / बिबिबि / बि एन एस - जे भी कम्पनीलाई ३ वर्ष भित्र भवन निर्माण हुनेगरी ठेक्का सम्झौता गरिएको छ। जुन आर्थिक वर्ष (२०७६-०७७ ) मा दिइएको थियोे । गाउँमै दुई तल्ले १५ शैयाको अस्पताल बन्दा स्थानीयहरुले खुशी व्यक्त गर्नु स्वभाविक पनि हो । जुन अस्पताल निर्माण भएपश्चात् स्थानीय तथा गाउँलेहरु खुशीखुशी सेवा लिन अभिप्रेरित हुन्छ । अर्नमा लालपुरका एक स्थानीय इन्द्रकुमार महराका अनुसार गाउँमै अस्पताल भएपछि छिटोछरितो सेवा लिन सक्नुहुनेछ , खासगरी गरिब , दलित , असहायलाई विशेष फाइदा हुने बताए ।

Open photo

शिक्षा , स्वास्थ्य , कृषि , सडक लगायतका क्षेत्रहरुमा विकास गर्न गाउँपालिका ततपर तयार रहेको अध्यक्ष ठकु महतोको कथन छ। गाउँपालिका भित्र जम्मा ५ वटा वडाहरु रहेको छ। वडा नम्बर १ महनौर , २ ब्रहम्पुरी , ३ अर्नमा लालपुुर , ४ गौरीलक्ष्मीपुर , ५ सितापुर बलुवाटोल रहेको छ।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤