ताजा समाचार

लहान : हात्तीदह पर्यटकिय क्षेत्रको २१ औं बार्षिक साधारण सभा सम्पन्न

  • माघ ७, २०७८
  • २१११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान, ७ माघ। सिरहाको लहान नगरपालिका वडा नम्बर - १५ शोभापुर स्थित रहेको हात्तीदह पर्यटकिय क्षेत्र कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूहको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय लहानका प्रमुख शुभाषचन्द्र दासको प्रमुख आतिथ्य र समुहका अध्यक्ष रुद्रनारायण चौधरीको अध्यक्षतमा बिहिवारका दिन भएको सभामा कोषाध्यक्ष गिता चौधरीले स्वागत मनतव्यका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत आर्थिक प्रतिवेदनमा कोषाध्यक्ष चौधरीले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म ७३ लाख १९ हजार ४ सय ५९ रुपैया ३५ पैसा आम्दानी र ७३ लाख १९ हजार ४ सय ५९ रुपैया ३५ पैसा खर्च भएको सुनाए ।

Open photo

प्रतिवेदन पारदर्शी भएकोले सम्पुर्ण समिति र समाजका व्यक्तिले सहमति जनाएको समुहका सह - सचीव योगिता चौधरले बताईन् । उक्त क्षेत्रलाई संरक्षण सम्बर्द्धन गर्न डिभिजन बन कार्यालय लहानको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरिएको थियो । कार्यालयको महत्त्वपूर्ण योगदान रहेको कारण डिभिजन बन कार्यालय लहानका प्रमुख शुभषचन्द्र दासलाई समुहका समितिले सम्मान गरेका थिए। प्रमुख अतिथिको आसन्नबाट बोल्दै - 'कार्यालय प्रमुख दासले समाजको सहयोग र सक्रियताले मात्र हामी प्रदेश सरकारबाट बजेट ल्याई सहयोग गरेका हौं , र अगामी दिनमा पनि पर्यटकिय स्थल हात्तीदहलाई संरक्षण गर्न पछाडि नहट्ने प्रतिबद्धता गरेका छन् । कार्यक्रममा वन समुहका पुर्व कोषाध्यक्ष नथुनी चौधरीले हात्तीदहको ईतिहास र महत्वको बारेमा प्रकाश पारेका थिए ।

Open photo

हात्तीदह कहिले न सुक्ने विशाल नदि भएको चौधरीले बताए । 'करीब ३ बर्ष अगाडी हात्तिहरु उक्त नदिमा बस्थे, 'राती निस्केर हात्तीलेआसपासको क्षेत्रमा मनविय क्षत्तीका साथै भौतिक क्षती गर्थे, नजिकका किसानलाई खेतवारी गर्न दिन्थेन् , 'दिउँसोमा त्यहाँ मानिसहरु जान डराउने गरेको थियो , स्थानीयहरु बताउँछन् । आसपासका स्थानीयलाई दिनहुँ दु:ख दिने गरेको कारण समाज ,प्रहरी , बन कार्यालयका कर्मचारीहरु सहितका टोलि हात्तीलाई उक्त क्षेत्रबाट लखेटेर भगाएको समुहका सल्लाहकार बलिराम चौधरीले बताउनु भयो । करिब ७ सय मिटर लम्बाई र ३० फिट गहिराई भएको सो दहमा हात्ती बस्ने गरेकोले हात्तीदह नमाङ्कन भएको उहाँले बताए । प्राकृतिक सौन्दर्यले भरेको ५६ हेक्टर जङ्गल ओगटेको उक्त सिमसार क्षेत्रलाई संरक्षण सम्बर्द्धन गर्न अहिले स्थानीय , प्रदेश र संघिय सरकार लागि परेको समुहका अध्यक्ष रुद्र नारायण चौधरीले बताउनुभयो ।

Open photo

दहमा पर्यटकलाई लोभ्याउने खालका विभिन्न पार्कहरु निर्माण गरेका छन् । दहमा अहिले प्रत्येक दिन पर्यटकहरुको भिडभाड बढेको छ । पिकनिक पार्क , बोटिङ्ग , चिडियाखाना , बच्चालाई रमाईलो गर्ने खेलकुद पार्क लगायतको ब्यवस्थापन गरेकोले दैनिक जसो हजारौंको संख्यामा देश र देश बाहिरको पर्यटकहरु आउने गरेको छ । बाहिरबाट आउने पर्यटकबाट गत आर्थिक बर्षमा 'प्रवेश शुल्क , पिकनिक शुल्क र बोटिङ्ग शुल्क बापत जम्मा '३ लाख ९६ हजार १ सय २५ रुपैया आम्दानी भएको समितिले जनाएको छ । पर्यटकको अवत जावत बढी भएकोले स्थानीयहरुले रोजगार समेत पाएका छन् । वडा अध्यक्ष तेज नारायण चौधरीको बिशिस्ट आतिथ्यमा संचालित सधारण सभामा कार्यक्रममा समाजका अगुवा लगायतका बरिस्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤