नवलपरासीमा दुई जना फरार अभियुक्त पक्राउ

  • माघ ६, २०७८
  • १०५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / माघ ०६ । आज पश्चिम नवलपरासी प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । दुबै जना सार्वजनिक मुद्दामा विगत ६ वर्ष देखि फरार रहेका २ जना फरार अभियुक्त पक्राउ परेका छन् । नवलपरासी जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा मिति २०७२ माघ २४ गते फैसला भई तत्काल जनही ५ हजार रुपैया जरिवाना ताेकिई सजाय भुक्तान गर्न बाकी रहेका २ फरार अभियुक्तलाई ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले निजहरूको स्थायी वतन जिल्ला नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ४ स्थितबाट पक्राउ गरिएको सुचना अधिकारी शाहीले बताउनुभयो । आज पक्राउ परेका दुबै जना फरार अभियुक्तहरूलाई आवश्यक कार्वाहीकाे लागि नवलपरासी जिल्ला अदालत पेश गरिएको र दुबै जनालाई नवलपरासी जिल्ला अदालतबाट लगत अनुसारकाे कार्वाही भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१