ताजा समाचार

नवलपरासीमा दुई जना फरार अभियुक्त पक्राउ

  • माघ ६, २०७८
  • १४५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / माघ ०६ । आज पश्चिम नवलपरासी प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । दुबै जना सार्वजनिक मुद्दामा विगत ६ वर्ष देखि फरार रहेका २ जना फरार अभियुक्त पक्राउ परेका छन् । नवलपरासी जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा मिति २०७२ माघ २४ गते फैसला भई तत्काल जनही ५ हजार रुपैया जरिवाना ताेकिई सजाय भुक्तान गर्न बाकी रहेका २ फरार अभियुक्तलाई ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले निजहरूको स्थायी वतन जिल्ला नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ४ स्थितबाट पक्राउ गरिएको सुचना अधिकारी शाहीले बताउनुभयो । आज पक्राउ परेका दुबै जना फरार अभियुक्तहरूलाई आवश्यक कार्वाहीकाे लागि नवलपरासी जिल्ला अदालत पेश गरिएको र दुबै जनालाई नवलपरासी जिल्ला अदालतबाट लगत अनुसारकाे कार्वाही भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤