Siraha Times
ताजा समाचार

शहिदहरुको सम्झानामा मनाइयो बलिदानी दिवस

  • माघ ५, २०७८
  • ६८५ पटक पढिएको
  • रामएकवाल राम
alt

अजय मिश्रा

कपिलवस्तु, माघ ५

वि.स. . २०६३ साल माघ ५ गते सिरहाको लहानमा शहादत प्राप्त गरेका शहिद रमेश कुमार महतो सहित कैयौं वीर सहिदहरुको सम्झनामा आज कपिलवस्तुमा बलिदानी दिवास मनाइएको छ । कपिलवस्तुको तौलिहवा, चन्द्रौटा, पकडी, कृष्णनगर लगायतका स्थानमा विभिन्न कार्यक्रम गरि सहिद बलिदाबी दिवस मनाइएको जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सदस्य रहिश शाहले जानकारी दिनुभयो । तौलिहवामा जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना, चन्द्रौटामा रहिश शाहको आयोजना, कृष्णनगरमा अकरम पठानको आयोजना सहित जिल्लाका विभिन्न स्थानमा सहिदहरुको सम्झनामा बलिदानी दिवस मनाइएको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताउनुभयो ।

सदरमुकाम तौलिहवा सहित कृष्णनगर, चन्द्रौटा, लगाएतको स्थानमा सहिदको तस्बिरमा माल्याअर्पण र दिप प्रजव्वलन गरि बलिदानी दिवास मनाएको जसपाले जनाएको छ । कार्यक्रममा जसपा नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१