शान्ती सुरक्षामा अहम भुमिका निर्वाह गर्ने प्रहरी उपरीक्षक देउवाले गरे ठोकुवा

  • माघ ४, २०७८
  • ११६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, ४ माघ / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगरी अहम भुमिका निर्वाह गर्ने बताएका छन । शान्ती सुरक्षाको साथ साथै सीमाबाट हुने अबैध कृयाकलापका र प्रहरी-सर्वसाधारण बिच रहेका बिचौलिया समुहलाइ समेत सखाप गरि अहम भुमिका निर्वाह गर्नबाट पछि नहटने बताउनु भएको हो । मङ्गलबार जिल्ला प्रहरी कार्यालय बाराले आयोजन गरेको चियापान कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जिल्लाको शान्ती सुरक्षाको बिषयमा कुनै राजनीति दबाबमा नपरी निस्वार्थ भावनामा हिडने बताउनु भयो । आफ्नो संगठनको नीति र निर्देशन अनुसार आफ्नो कार्यको पालना गर्ने बताउदै पत्रकारहरूको समाचार संकलनमा हुने गरेको हस्तक्षेपको बिषयमा समेत ध्यान पुर्याउने बताउनु भयो ।

प्रहरी र सर्वसाधारण बिचको सहकार्यको निम्ति प्रयोग हुँदै आएको बिचौलियालाई समेत पूर्ण रूपले हटाइएको प्रहरी उपरीक्षक देउवाले बताउनु भयो । सर्वसाधारणले कुनै बेला, कुनै किसिमको प्रहरी सेवा खोजेको खन्डमा बारा प्रहरी जति खेरपनि सेवाको लागि तत्पर हुने बताउनु भयो । कुनै किसिमको अपराधी क्रियाकलापमा राजनीति हस्तक्षेप हुन नदिइ कानून बमोजिम कारवाही गरिने प्रहरी उपरीक्षक देउवाले ठोकुवा गर्नुभयो । कार्यक्रममा बारा जिल्लामा हुने गरेको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने गरेको तस्करी लगायत जिल्लाको शान्ती सुरक्षाको बिषयमा पत्रकारहरूले आ-आफ्नो गुनासो गरेका थिए । कार्यक्रममा पत्रकार उमेश दुबे, राकेश पान्डे, अनिल पान्डे, धिरेन्द्र तिवारी, नरेश गुप्ता, रामबाबु मेहता लगायत दर्जनौ पत्रकारहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

रञ्जिता श्रेष्ठको शु ...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ता गराएका पूर्व सांसद रेशम चौधरीलाई उनकी पत्नी ...

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१