ताजा समाचार

नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहने:-नगर प्रमुख शाह

  • माघ ४, २०७८
  • १३३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर माघ ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर स्थापना भएको एक बर्ष नपुग्दै करिब चार हजार जना बिरामी तथा सेवाग्राही लाभान्वित भएका छन् l नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट जटिल रोगरहरू, गैस्ट्रिक ( उदर रोग), मधुमेह, रक्तचाप, वातव्याधी, अर्स, स्तनपाइ महिला, जेष्ठ नागरिक स्वास्थ्य परिक्षण, प्रदर रोगी ( धातु सम्बंधित समस्या), शुक्र अल्पता लगायत छालाका रोगीहरु यस नागरिक आरोग्य सेवा केन्द्र बाट उपचार तथा परामर्श पाएका छन् l हाल नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट पञ्चकर्म का पूर्वकर्म (स्नेहन स्वयदन) संचालन भैसकेको बाथ सम्बंधि रोगी लाई समेत पञ्चकर्म सेवा द्वारा चिकित्सा सम्पादन भैरहेको छ l यस केन्द्र बाट नियमित विद्यालय आयुर्वेद योग शिक्षा कार्यक्रम, जीवनशैली परिवर्तनका सामुदायिक स्वास्थ्य प्रवर्धन कार्यक्रम यस नगरपालिकामा संचालन रहेको लगायत सम्पूर्ण जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज डा. नागेश्वर मिश्र ले दिनुभयो l नागरिक आरोग्य सेवा केन्द्र ले स्थापना काल देखि जनता समक्ष पुर्याएको सेवा सराहनीय रहेको जिल्ला बाट पाएको प्रशंसा पत्रले पुष्टि गरेको बताउदै, नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहि यस केन्द्रमा औषधि लगायत अन्य पूर्वाधार प्रवाह गरि नागरिक आरोग्य सेवा केन्द्र बाट अझ प्रभावकारी सेवा सुविधा संचालन हुने विस्वास कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले व्यक्त गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤