नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहने:-नगर प्रमुख शाह

  • माघ ४, २०७८
  • ११९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर माघ ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर स्थापना भएको एक बर्ष नपुग्दै करिब चार हजार जना बिरामी तथा सेवाग्राही लाभान्वित भएका छन् l नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट जटिल रोगरहरू, गैस्ट्रिक ( उदर रोग), मधुमेह, रक्तचाप, वातव्याधी, अर्स, स्तनपाइ महिला, जेष्ठ नागरिक स्वास्थ्य परिक्षण, प्रदर रोगी ( धातु सम्बंधित समस्या), शुक्र अल्पता लगायत छालाका रोगीहरु यस नागरिक आरोग्य सेवा केन्द्र बाट उपचार तथा परामर्श पाएका छन् l हाल नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट पञ्चकर्म का पूर्वकर्म (स्नेहन स्वयदन) संचालन भैसकेको बाथ सम्बंधि रोगी लाई समेत पञ्चकर्म सेवा द्वारा चिकित्सा सम्पादन भैरहेको छ l यस केन्द्र बाट नियमित विद्यालय आयुर्वेद योग शिक्षा कार्यक्रम, जीवनशैली परिवर्तनका सामुदायिक स्वास्थ्य प्रवर्धन कार्यक्रम यस नगरपालिकामा संचालन रहेको लगायत सम्पूर्ण जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज डा. नागेश्वर मिश्र ले दिनुभयो l नागरिक आरोग्य सेवा केन्द्र ले स्थापना काल देखि जनता समक्ष पुर्याएको सेवा सराहनीय रहेको जिल्ला बाट पाएको प्रशंसा पत्रले पुष्टि गरेको बताउदै, नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहि यस केन्द्रमा औषधि लगायत अन्य पूर्वाधार प्रवाह गरि नागरिक आरोग्य सेवा केन्द्र बाट अझ प्रभावकारी सेवा सुविधा संचालन हुने विस्वास कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले व्यक्त गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

रास्वपाबाट टिकट नपाए ...

उमेश कुमार साह बोदे बर्साईन । सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

लागु औषध विरुद्धको स ...

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१