Siraha Times
ताजा समाचार

Breaking - प्रदेश नम्बर २ को नाम 'मधेश प्रदेश' बहुमतले पारित

  • माघ ३, २०७८
  • ९७३ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम ।  प्रदेश २ को नामकरणका लागि आज सोमबार भएको मतदान प्रक्रियाको मतगणना अनुसार प्रदेश २ को नाम “मधेश प्रदेश” बहुमतले पारित भएको छ । 

तीन दलको संयुक्त प्रस्ताव मधेस प्रदेशको पक्षमा मतदान सम्पन्नपछि आएको मत परिणाम अनुसार प्रदेश २ को नामाकरण “मधेश प्रदेश” गरिएको हो । सत्तारूढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान भएको थियो । 

शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेस प्रदेश कायम गर्न शैलेन्द्र कुमार यादवले पेश गरेको प्रस्तावमा मतदान भएपछि मतपरिणाम अनुसार “मधेश प्रदेश” बहुमतले पारित भएको हो । प्रदेशको नामाकरण मधेश प्रदेशको लाग बहुमतले पारित गर्नको लागि नियम बमोजिम ७० मत आवश्यक रहेकोमा उपस्थित ९९ जना साँसदमध्ये ८० जनाले मधेश प्रदेशलाई छानेपछि बहुमतले प्रदेशको नाम “मधेश प्रदेश” पारित भएको हो । 

मधेश प्रदेशको लागि दुई तिहाई भन्दा अधिक मत पाएपछि आजदेखि प्रदेश नम्बर २ को नाम “मधेश प्रदेश” पारित भएको हो । प्रदेश सभाका सचिव रँजीत कुमार यादवले मत परिणाम सभामुख सरोज कुमार यादव समक्ष पेश गरेका थिए । मधेस प्रदेशको प्रस्तावमा पहिलो मत प्रमुख प्रतिपक्षी दल लोसपाकी सांसद डिम्पल झाले हालेकी थिईन् । 

नामकरणका लागि दुई तिहाई मतको आवश्यक थियो । । हाल प्रदेशमा १०४ जना सांसद रहेकोमा ७० मतको आवश्यक थियो ।  आजको बैठकमा ९९ जना साँसद उपस्थिति जनाएका थिए । जसमध्ये प्रदेश २ को नाम मधेश प्रदेश हुनुपर्नेमा ८० जना र हुनुपर्दैन पक्षमा १९ जनाले मत खसालेका थिए । मधेश प्रदेशको लागि कुल मतमध्ये  ८०  मत खसेपछि बहुमतले प्रदेश २ को नाम मधेश प्रदेश भएको हो । 

मधेस प्रदेशसँगै नामकरणका लागि जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको हो ।  मधेस प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१