पर्यटकीय नगरी अमवासमा मगरको माघी पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • पुस ३०, २०७८
  • १०४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस 30 । नेपालको राजनीतिक इतिहासमा कम्युनिष्टको लालकिल्ला भनेर चिनिने साविक गाउँविकास समिति विष्णुपुरक्ट्टी 3 तथा हाल धनगढीमाई 14 स्थित सर्रे अंमवासको श्री मदन स्मृति माध्यामिक विद्यालयमा मगर समुदायको जिल्ला कार्यसमिति द्धारा आयोजित ९ औं माघेसंक्रान्ति २०७८ शुभकामना आदानप्रदान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमक आज भव्यताका साथ सम्पन्न भएको छ । निर्धारित समयमा संचालित कार्यक्रममा मगर संघको जिल्ला कार्यसमिती अध्यक्ष प्रकाश मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नन्दकुमार थापा मगर विशिष्ट अतिथि धनगढीमाईका मेयर हरिनारायण चौधरी ,रेशम कुमारी थापा मगर(गोलबजार नगरपालिका) उपमेयर लगायत अथितीहरु आदिवासी जनजाति महासंघ सिराहा शाखाको अध्यक्ष डेनोक मोक्तान , उपाध्यक्ष दिलीप लामा लगायत रूपा आले मगर ,उत्तर बहादुर नगर ,तेज बहादुर नगर, नेपाल पत्रकार महासंघ सिराहा शाखाको सदस्य बिनोद मण्डल लगायतको उपस्थितिमा आयोजित मगर समुदायको कार्यक्रममा जिल्लाका विभिन्न भागबाट सवारीसाधनको माध्यमबाट करिब 4हजार मगर समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालको शहीद लखन थापाको तस्बिरमा मगर संघको जिल्ला सल्लाहकार नन्दकुमार थापा ले माल्यार्पन गरेपछि कार्यक्रममको औपचारिकता शुरु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अशोक मगरले गर्नुभएको थियो भने स्वागत नृत्य अलङ्कार कला केन्द्र धनगढीमाई ९ जिरोमाइलको प्रस्तुति रहेको थियो । कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ सिराहा शाखाको अध्यक्ष डेनोक मोक्तानले मगरहरू सांस्कृतिक हिसाबले धनी भएको र राज्यसँग आफ्नो अधिकारको लागि अझै लड्नुपर्ने बताउनु भएको छ । अधिकांश वक्ताले राज्यको हरेक निकायमा मगरको पहुंच हुनुपर्ने धारणा राखेका थिए भने केही वक्ताले नेपाली राजनीतिक हिसाबले जुनसुकै पार्टी भएपनि आपसमा मगर एक हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा लोक गायिका प्रीति आलेको बेजोड सांगीतिक प्रस्तुतिको कारण कार्यक्रम खुशीयालीमा परिणत भएको थियो भने कलाकार आले आफू सिरहामा पनि मगर समुदायको बाहुल्यता रहेको खुशीयालीमा मंचमा पछिमिली र पूर्वेली भाकाका गीतहरू गाएर दर्शकलाई मोहित पारेका थिए । कार्यक्रमको सञ्चालन निर बहादुर आले र अर्का एक महिलाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

ब्रम्हान मन्दिर जान ...

ओम प्रकाश यादव लहान,वैशाख २९ । लहान नगरपालिका–२० मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१