ताजा समाचार

शहिद पत्रकार उमा सिंहको १३औं स्मृति दिवस लहानमा मनाइयो

  • पुस २७, २०७८
  • ७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ पुष- शहिद पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस सिरहाको लहान,गोलबजार, मिर्चैया,सिरहा सदरमुकाम लगायतका ठाँउमा मनाएका छन्। पत्रकार सिंहको १३औं स्मृति दिवस मनाउन नेपाल पत्रकार महासंघ सिरहा सखा लगायत विभिन्न पत्रकार संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन्। नेपाल पत्रकार महासंघ सिरहा शाखाले आज साझ करिब ७ बजे लहानको सहिद चौक स्थित महासंघको केन्द्रिय परिषद सदस्य तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता,नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,कोषा अध्यक्ष बिरेन्द्र नेपाल लगायत विभिन्न मिडियाका दर्जनौं पत्रकारहरुको उपस्थितिमा सहिद सिंह तस्बिरमा अबिर लगाई मैनाली प्रज्वलन गरी स्मृति दिवस मनाएका छन्। पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ। महिला हिंसा,तत्कालीन माओवादी द्वन्द्वपीडितको विषयमा खुलेर आलोचना गर्ने २५ वर्षीय सिंहको २७ पुस २०६५ सालमा हत्या गरिएको थियो।स्थानीय रेडियो टुडे एफएममा कार्यरत उमाको जनकपुरधाम रजौलस्थित डेरामा घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤