ताजा समाचार

शिक्षा प्रमुख शशिकुमार समर्थनमा आम शिक्षक र महासँघको विज्ञप्ती

  • पुस २७, २०७८
  • २२५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २७ पुष । शिक्षक शिवराज यादवलगायतले शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको सम्बन्धमा जारी गरिएको विज्ञप्तीप्रति नेपाल शिक्षक महासँघ जिल्ला कार्य समिति सिरहाले सोको घोर भत्र्सना गरेको छ । योसँगै करिब १ सय ५० आम शिक्षकको हस्ताक्षरमा अलगै शिवराज यादवविरुद्ध विज्ञप्ती जारी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख शशिकुमार यादवले सिरहाको शैक्षिक सुशासन तथा शैक्षिक गुणस्तर कायम गर्न र विद्यालय व्यवस्थापनमा आफ्नो पदीय दायित्व निर्वाह गरेको उल्लेख छ । शिक्षा प्रमुखको बदनाम गराउँने नियतले शिवराज यादवले केही शिक्षकको किर्ते हस्ताक्षर गरी प्रेस विज्ञप्ती जारी गरेकोले निजलाई हदैसम्म कारवाहीको जोडदार माग गरेको उल्लेख छ ।

विद्यालयमा शिक्षण सिकाई क्रियाकलापमा सहभागी नहुने र विद्यालय समयमा नगरपालिका र शिक्षा विकास इकाइमा नेतागिरी गरी शिक्षक साथीहरुलाई दुःख दिने कार्यमा शिवराजको उध्धत रहने गरेको उल्लेख छ । यस्तै, इकाई प्रमुख शशिकुमारले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको कार्य सम्पन्न गरेको छ । शशिकुमारले विद्यालयको समस्या समाधानमा सकारात्मक भूमिका खेलेको छ । नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व बाहेक अन्य कुनै किसिमको शुल्क सेवाग्राहीलाई नतिर्ने व्यवस्था इकाई प्रमुख यादवले गरेको छ । विद्यालय अनुगमन तथा सुपरिवेक्षण कार्यमा सक्रिय रहेको छ । बर्षोदेखि रहेको शिक्षक समस्यालाई समाधान गरेको छ भने सिकाई उपलब्धी अभिवृद्धिको लागि ईकाई प्रमुख यादव स्वंम कक्षा कोठामा पुगेर पेशागत सहयोग गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤