ताजा समाचार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने MCC को निर्णय

  • पुस २६, २०७८
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवास्ती सरकारले मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरिएको प्रवक्ता सुनिता नेपालले जानकारी गराएकी छन् । उनले भनेकी छन्, ‘यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’ प्रवक्ता अधिकारीका अनुसार प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरिएको छ । त्यसोत, पछिल्लो समय नेपालमा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ । आज एकै दिनमा मुलुकभर १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤