ताजा समाचार

सप्तरीको बोदेबर्सानमा समाजसेबी साहद्वारा ३५ घरधुरीको गरीब दलितलाई कमल सहयोग

  • पुस २१, २०७८
  • १७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ - सप्तरीको बोदेबर्सान नगरपालिकामा वाडा नम्बर ४ मा स्थानीय मनकारी समाजसेबी युवा प्रेम साहले चिसोबाट जोगिन अती बिपन्न परिवारलाई कमल वितरण गरेका छन्। चिसो छ्लन ब्योवृद्धलाई समस्या भएकोले उक्त समस्याको मध्य नजर गर्दै साहले न्यानो कपडा बितरण गरिएको छ। नयाँ वर्षको उपलक्ष्यमा गरिबलाई कम्बल बाडेर दिन बिताएको युवा समाजसेवी सरोज कुमार साह उर्फ प्रेम साहले जानकारी दिनु भयो। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ सिल्हट प्रसाहीको बिपन परिवार पाल र चौधरी समुदायलाई स्थानीय युवा समाजसेवी सरोज कुमार साह,प्रेम द्वारा अति बिपन्न परिवारका ३५ घरधुरीका पाल र चौधरी समुदायमा न्यानो कपडा बितरण गरिएको हो।

Open photo

बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ प्रसाहीगाउँमा जन्मेका युवा समाजसेवी सरोज कुमार साह उर्फ प्रेमले ब्यक्तीगत आर्थिक लगानीमा कमल सहयोग गरेका छन्। तराई मधेसमा निरन्तर बढेको चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित बन्दै गरेका छन्। बिहानैदेखि पर्ने शीतलहर कुहिरो र चिसो हावा बतासले कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या परेकाे साहले बताए। विगतका धेरै वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण हाम्रो गाउँठाउमा सहयोग राम्रो भएकोले उनले बताए।आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा किन्न नसक्ने मुसहर समुदायलाई न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् ।

Open photo

जाडोको सिजन शुरु हुँदा लुगा किन्ने पैसा थिएन मनकारी भावना बोकेका साहले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गणेश सदायले बताए।यस कार्यक्रम अन्तर्गत सहयोग गर्ने स्थानीय घनश्याम साह ,कृष्णा साह , सन्तोष साह लगायतका युवाहरुको उपस्थितिमा न्यानो कपडा बितरणमा सहयोग पुर्याएका थियो । एक घर एक कम्बल सबैमिलि बचाउ,गरिबको जीवन”भने नाराका साथ सहयोग गर्ने युवा समाजसेवी सरोज कुमार साह प्रेमको छोरा शारंस साहले सम्पुर्ण सहयोग गर्ने इक्छुक युवा,समाजसेवी,अभियानकर्तालाई सहयोगको अपिल गरेका छन।केही दिन अगाडि समाजसेवी साहले सिल्हटका दलित बिपन्न मुसहर समुदायका ४६ परिवारका सदस्यलाई न्यानो कपडा बितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤