बाल विवाह न्युनीकरणमा पत्रकारहरुकाे भुमिका सम्बन्धी कपिलवस्तु का सक्रिय पत्रकारहरुलाई तालिम

  • पुस १५, २०७८
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , पुस १५ बाल विवाह न्युनीकरणमा पत्रकारको भुमिका सम्बन्धी पत्रकारहरुलाई दुई दिने तालिम कपिलवस्तु जिल्ला का सक्रिय पत्रकारहरुलाई दिइएको छ । संचारीका समुहको आयाेजनामा कपिलवस्तु जिल्ला काे बाणगंगा नगरपालिका काे जीतपुर ४ नम्बर माछापुच्छ्रे हाेटल मा संचारीका समुहकी केन्द्रीय उपाध्यक्ष कमला पन्थी काे अध्यक्षता र बाणगंगा नगरपालिका का उपप्रमुख चक्रपाणी अर्याल काे प्रमुख अतिथ्यता मा दुई दिने तालिमको उद्घाटन गरिएको थियो । उद्घाटन मा नगरपालिका उपप्रमुख चक्रपाणी अर्यालले भन्नू सामाजिक संजाल वढी प्रयोग भएको हुन ले बाल विवाह काे प्रमुख कारण काे रुपमा रहेको छ । गर्भपतन मा खास गरेर किशोरीहरु नै बढी गर्भपतन गराउन मा बढी रहेको पाइन्छ । बाल विवाह न्युनीकरण गर्नकाे लागि धेरै प्रयासहरु गरिरहेका छाै । सबैभन्दा पहिले अभिभावकहरुलाई बालविवाह भए मा यसकाे असरकाे बारेमा जानकारी गराउनु पर्छ ।

संचारीका समुहकी केन्द्रीय उपाध्यक्ष कमला पन्थीले बाके र कपिलवस्तु लगायत सुदूरपश्चिम मा बालविवाह बढी रहेको पाइन्छ । महिलाहरुकाे हक र अधिकार काे बारेमा निरन्तर रुपमा काम गर्दै आएका छाै । महिलाहरुकाे समस्याहरु खाेजेर उठाउन गर्नकाे लागि अनि बाल विवाह संग सम्बन्धित खाेज गरेर न्युज लेख्न काे लागि कपिलवस्तु का सक्रिय पत्रकारहरुलाई अग्रह समेत गर्नु भयो । बाल विवाह ले हाम्रो समाजमा कुन तरिकाले जाराे गाडेर बासेकाे छ । यसले हाम्रो समाज विकास र परिवर्तन का कसरी प्रभाव परिरहेको हुन्छ यस्तो विषयमा सबै पत्रकारहरुकाे अनुभवहरु सबैले सेयर गरेका हुन । अब सबै पत्रकारहरुले बालविवाह काे विषयमा खाेज गरेर न्युज लेख्न र कम गर्नकाे लागि प्रतिबद्धता समेत जनाएको छन् । उक्त तालिममा नेपाल संचारीका समूहकी उपाध्यक्ष कमला पन्थी , केन्द्रिय सदस्य बसन्ती बास्तोला , संचारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे , नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारी , अधिवक्ता इन्दु तुलाधर लगायत कपिलवस्तु जिल्ला का सक्रिय पत्रकार काे उपस्थिति रहेको थियो । बालविवाह न्युनीकरणमा पत्रकारकाे भुमिका तालिम २ दिन सम्म चलेको तालिम अधिवक्ता ईन्दु तुलाधरले प्रशिक्षण गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१