ताजा समाचार

बाल विवाह न्युनीकरणमा पत्रकारहरुकाे भुमिका सम्बन्धी कपिलवस्तु का सक्रिय पत्रकारहरुलाई तालिम

  • पुस १५, २०७८
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , पुस १५ बाल विवाह न्युनीकरणमा पत्रकारको भुमिका सम्बन्धी पत्रकारहरुलाई दुई दिने तालिम कपिलवस्तु जिल्ला का सक्रिय पत्रकारहरुलाई दिइएको छ । संचारीका समुहको आयाेजनामा कपिलवस्तु जिल्ला काे बाणगंगा नगरपालिका काे जीतपुर ४ नम्बर माछापुच्छ्रे हाेटल मा संचारीका समुहकी केन्द्रीय उपाध्यक्ष कमला पन्थी काे अध्यक्षता र बाणगंगा नगरपालिका का उपप्रमुख चक्रपाणी अर्याल काे प्रमुख अतिथ्यता मा दुई दिने तालिमको उद्घाटन गरिएको थियो । उद्घाटन मा नगरपालिका उपप्रमुख चक्रपाणी अर्यालले भन्नू सामाजिक संजाल वढी प्रयोग भएको हुन ले बाल विवाह काे प्रमुख कारण काे रुपमा रहेको छ । गर्भपतन मा खास गरेर किशोरीहरु नै बढी गर्भपतन गराउन मा बढी रहेको पाइन्छ । बाल विवाह न्युनीकरण गर्नकाे लागि धेरै प्रयासहरु गरिरहेका छाै । सबैभन्दा पहिले अभिभावकहरुलाई बालविवाह भए मा यसकाे असरकाे बारेमा जानकारी गराउनु पर्छ ।

संचारीका समुहकी केन्द्रीय उपाध्यक्ष कमला पन्थीले बाके र कपिलवस्तु लगायत सुदूरपश्चिम मा बालविवाह बढी रहेको पाइन्छ । महिलाहरुकाे हक र अधिकार काे बारेमा निरन्तर रुपमा काम गर्दै आएका छाै । महिलाहरुकाे समस्याहरु खाेजेर उठाउन गर्नकाे लागि अनि बाल विवाह संग सम्बन्धित खाेज गरेर न्युज लेख्न काे लागि कपिलवस्तु का सक्रिय पत्रकारहरुलाई अग्रह समेत गर्नु भयो । बाल विवाह ले हाम्रो समाजमा कुन तरिकाले जाराे गाडेर बासेकाे छ । यसले हाम्रो समाज विकास र परिवर्तन का कसरी प्रभाव परिरहेको हुन्छ यस्तो विषयमा सबै पत्रकारहरुकाे अनुभवहरु सबैले सेयर गरेका हुन । अब सबै पत्रकारहरुले बालविवाह काे विषयमा खाेज गरेर न्युज लेख्न र कम गर्नकाे लागि प्रतिबद्धता समेत जनाएको छन् । उक्त तालिममा नेपाल संचारीका समूहकी उपाध्यक्ष कमला पन्थी , केन्द्रिय सदस्य बसन्ती बास्तोला , संचारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे , नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारी , अधिवक्ता इन्दु तुलाधर लगायत कपिलवस्तु जिल्ला का सक्रिय पत्रकार काे उपस्थिति रहेको थियो । बालविवाह न्युनीकरणमा पत्रकारकाे भुमिका तालिम २ दिन सम्म चलेको तालिम अधिवक्ता ईन्दु तुलाधरले प्रशिक्षण गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤