ताजा समाचार

माई टि.भि.को जिम्मेवारी दुबेलाई

  • पुस ६, २०७८
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ५ पुस । वीरगंजबाट प्रशारण हुदै आएको माई टेलिभिजन पर्साको सम्पूर्ण जिम्मेवारी पत्रकार उमेश दुबेलाई पाएको जनाईएको छ । वीरगंज महानगरपालिका वडा नं. २४ बस्ने सैलेश प्रसाद कुशवाहाको नाउमा दर्ता रहेको पर्सा टेलिभिजन नेटवर्क प्रा.लि. द्धारा सञ्चालित (माई टि.भि.) ५ वर्षको लागि बाराको फेटा गा.पा. वडा नं. ७ बस्ने पत्रकार उमेश दुबेलाई दिईएको हो । टि.भि.का सञ्चालक कुशवाहा र पत्रकार दुबे बीच सोमबार ५ वर्षको लागि सम्झौतापत्रमा हस्तारक्षर भएको सञ्चालक कुशवाहाले बताए । सम्झौता भएको आजैको दिन देखि टि.भि.को आय व्यय, व्यवस्थापन लगायतका सम्पूर्ण जिम्मेवारी दुबेलाई दिईएको कुशवाहाले बताए । टि.भि.को नयाँ जिम्मेवारी पाएका पत्रकार दुबेले टि.भि.लाई आउदो दिनहरुमा पर्सा, बारा लगायत प्रदेश हुदै देशभरी मै एउटा नयाँ ईतिहास बनाउने बताए । उनले यस भेगका गरिब, निमुखा, शोषित पिडित जनताहरुको आवाजलाई बुलन्द गर्ने बताउदै समाजमा दबिएर रहेका हरेक किसिमका घटनालाई टि.भि.को माध्यमले जनताको सामु ल्याउने प्रतिबद्धता समेत जनाएका छन् । पत्रकार दुबे बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । उनी जनगुनासो डेलि डटकम नामक अनलाईन न्युज पोर्टल सञ्चालन गर्दै आउनु भएका साथै उनी लामो समय देखि राष्ट्रिय तथा स्थानिय टेलिभिजनमा पनि कार्य गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤