Siraha Times
ताजा समाचार

गोलबजार तनावग्रस्त ,प्रहरीमाथि ढुंगामुढा, राजमार्ग अबरूद्ध

  • पुस ५, २०७८
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम  दैनिक लहान पुस ५ गते। सिरहाको गोलबजार तनावग्रस्त बनेको छ। गोलबजार नगरपालिका–६ डोहटियामा छुरा प्रहारबाट हत्या घटनाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका छ्न। स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय डोहटिया टोलका बासिन्दा तथा पीडित पक्ष ले आज बिहान ११ बजे देखि पुनः राजमार्ग अबरूद्ध पारेका हुन। हत्याको विषयलाई लिएर हिजो पीडित पक्षले राजमार्ग अबरूद्ध गराउँदा स्थानीय प्रशासन र स्थानीय निकायका प्रतिनिधिले २४ घण्टाभित्र दोषीलाई पक्राउ गरी कार्वाही गरिने, पीडित पक्षलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार खर्च दिने प्रतिबद्धता गरेपनि आफूहरुको कुनै माग पूरा गर्न नसकेको भन्दै प्रशासनविरुद्ध पुनः आज राजमार्ग अबरुद्ध गरेको पीडित पक्षले बताइएको छ । सडक अबरुद्धका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउन प्रहरीले माइकिङ गरेपनि आन्दोलनकारी प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । प्रहरीले आन्दोलनकारीलाई लाठीचार्ज गरे पनि लाठी बोकेर सडकमा उत्रेका सयौं महिला र पुरुषले प्रहरीलाई नै लखेटेका छन् ।

केहिबेर सुरक्षाकर्मीले गोलबजारको मुख्यचोक नियन्त्रणमा लिए । तर अहिले आन्दोलनकारी सुरक्षाकर्मीलाई नै लखेटेर पुनः राजमार्ग नियन्त्रणमा लिएको छ । बल प्रयोग गरेर राजमार्ग खुलाउने सुरक्षाकर्मीको प्रयास आन्दोलनकारीले असफल पारेका छन् । आन्दोलनको नेतृत्व गर्ने शिवशरण सदाले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएका छ्न। उनले दुई आन्दोलनकारीलाई प्रहरीले टाउँको फुटाएको र उनीहरुको उपचारका लागि भुमिजा अस्पताल पुर्याएको बताएका छ्न। शनिवार राति घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ बर्शिय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छु’रा प्रहार गरेका थिए । छात्तीमा छु’रा लागेका रामकुमारको मृत्यु भएको थियो भने स्थानीय निकेश सदा घाइते भएको थियो । घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव भने परिवारले बुझेका छैन । दोषीलाई पक्राउ गरी कार्वाही गरिने, पीडित पक्षलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार खर्च दिने जस्ता आन्दोलनकारीको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१