ताजा समाचार

हिन्दु युवा शक्ति ,महाकाल सामाजिक संस्था र नेपाल बिश्व हिन्दु महासंघ द्वारा : ७७ वटा गाईको उद्दार फोटो सहित

  • पुस २, २०७८
  • २९७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु पुष २ कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वार्ड न . ११ शंकरपुर गाउँको उत्तरतर्फ सब्बिर मुसलमान (कल्लु) को बगैचामा गाइ र बाछा गरि ७७ वटा समतिएका छन ! गए राति करिब ८ बजे स्थानीयको सूचना अनुसार हिन्दुबादी संगठनले छापा मार्दा गाई रहेको स्थान मा कपडा , डाेरी , सानाे चक्कु , भिजडिङ्ग कार्ड , बरस , झाेला लगायत गाडीमा चढाउन काे लागि माटो समेत रहेको थियो । त्यो सूचनाको अनुसार हिन्दुबादी संगठन हिन्दु युवा शक्ति कपिलवस्तु , महाकाल सामाजिक संस्था र नेपाल बिश्व हिन्दु महासंघ का सदस्यले गाइलाई समातेका थिए , गाइलाई समातनामा नेपाल प्रहरी ,शस्त्र प्रहरी र स्थानीयको सहयोग रहेका थियो ! छापाको सुराक पाएपछी तस्करहरुले पहिले नै त्यो ठाँउबाट फर्हार भइसकेका थिए , स्थानीयको अनुसार पहिले पनि यो ठाउमा ३/४ पटक गाइलाई ट्रकमा लोड गरेर लगिसकेका छन !

बाधिए काे अवस्थामा ७७ वटा गाई लाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिन्दुवादी संगठनलाई जिम्मा लगाइएको छ अनि गाइहरुलाई बुद्धभुमि नगरपालिका रहेको माैनीबाबा काे गाै साला मा लागेर राख्ने व्यवस्था गरेका छाै । यस्ताे अपराधहरुलाइ राेक्न काे लागि हाम्रो संगठनले दिनरात लागेर काम गरिरहेकाे हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले बताउनु भयो उक्त स्थान मा वडा नं ११ का अध्यक्ष जगदीश तिवारी , नेपाल प्रहरी , सशस्त्र प्रहरी , संचारकर्मी , स्थानीय , हिन्दु युवा शक्ति कपिलवस्तु , महाकाल सामाजिक संस्थाका र नेपाल विश्व हिन्दु महासंघका पदाधिकारीहरु लगायत सदस्यहरुकाे राेहबर मा गाइहरुलाई उचित व्यवस्थापन काे लागि तीन वाटै हिन्दुवादी संगठन लाई जिम्मेवारी लगाइएका।

हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय , महासचिव विष्णु प्रसाद तिवारी , सचिव अभिषेक मणि यादव , प्रेस सल्लाहकार धनी राम काेरी , बुद्धभुमि नगरपालिका का नगर अध्यक्ष सुदिप पाैडेल , उपाध्यक्ष विवेक जंग राणा , सचिव अरुण तिवारी , मायादेवी गाउपालिका अध्यक्ष देवेन्द्र बर्मा , शुद्धाेधन गाउपालिका अध्यक्ष राजेश तिवारी , कृष्णनगर नगरपालिका का नगर उपाध्यक्ष घनश्याम यादव , महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्मा , महासचिव जितेन्द्र माैर्या , सुनिल शुक्ला , नेपाल विश्व हिन्दु महासंघ का जिल्ला अध्यक्ष टाेमनाथ चाैधरी , सचिव सुकदेव यादव , बुद्धभुमि नगरपालिका नगर अध्यक्ष संत मिलन सिंह लगायत सदस्यहरु काे पनि उपस्थिति रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤