Siraha Times
ताजा समाचार

असीम क्षेत्रीको “रोधिघरमा भेटम” हेर्नुहोस् (भिडियो सहित)

  • पुस १, २०७८
  • १४८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कपिलवस्तु लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले लोक संस्कृति झल्किने “रोधिघरमा भेटम” सार्वजनिक भएको छ । विशेष गरि यस गीत तथा भिडियोमा गाउँ समाजको यथार्थ चित्रण गरि रोधिघरमा गाईने शब्दहरुको प्रयोग गरिएको छ । गीतमा दर्जनौ एल्बममा मोडलिङ् गरिसक्नुभएका असिम क्षेत्री र संयौ एल्बममा मोडलिङ् गरिसक्नुभएकी चर्चित मोडल मालती घले नृत्य तथा अभिनय गर्नुभएको छ । आफुले मन पराएको मान्छेसंग रोधिघरमा भेटी नाचेर गाएर झल्को मेट्ने खालका शब्दहरुलाई गीतमा समावेश गरिएको छ । उक्त भिडियोमा नृत्य गरेका असिम क्षेत्री बहुचर्चित एल्बम बजाउ माया थपडि, दमिनि, रुन नपरोस्, मन प¥यो, सर्ट मुभि लगायतका थुप्रै एल्बमहरुमा अभिनय गरिसकेका छन् भने उहाँले अभिनय गरेका पञ्चे बाजा र झिमझिम परेली एल्बम छिट्टै बजारमा आउँदै छन् । सपना सापकोटाको निर्देशन, सुरेश भुर्तेल र सीता केसीको स्वर, रिजन बास्ताकोटिको लय, राजु गुरुङको कोरियोग्राफी, सुरेश भुर्तेलको संगीत रहेको उक्त गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ । https://youtu.be/xcLXMN3xl4s

प्रतिक्रिया दिनुहोस

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१