ताजा समाचार

सिरहाको लहानमा रेनल्ट गाडीको सोरुम थपियो: लहान बासिलाई गाडी खरिद गर्न सहज

  • मंसिर २८, २०७८
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २०७८ मंसिर २७ -रेनोको नयाँ शोरुम लहानमा पनि सोमबार बाट संचालनमा आएको छ।नेपालका लागि रेनो गाडीहरुको आधिकारिक विक्रेता एडभान्स अटोमोबाईल प्रालिले लहानमा ‘भाग्य महालक्ष्मी अटोमोबाईलस’शोरुमको उद्घाटन गरेको छ। नेपाल भरि नै आफ्नो शाखा विस्तार गर्ने उदेश्यका साथ कम्पनीले लहानमा ‘भाग्य महालक्ष्मी अटोमोबाईलस प्रालि ’ नामक नयाँ कार शोरुम खोलेका छन। भाग्य महालक्ष्मी अटोमोबाईलस प्रालिका संचालक रामबाबु साहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यको प्रमुख आतिथ्यता तथा कम्पनीका जेनरल म्यानेजर अधीर कुमार श्रेष्ठ,सेल्स नेटवर्कका विपुल भटराई,नेपाल पत्रकार महासंघ जिल्ला सभापति मनोज बनैता यादव,निवर्तमान सभापति दिनेश्वर गुप्ता ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक लगायत विभिन्न क्षेत्र बाट पाल्नुभएका अतिथिहरुको उपस्तिथिमा रेनोको नयाँ शोरुम उद्घाटन गरिएको हो। कार्यक्रमा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि अशोक लाल अमात्यले रेनोको नयाँ शोरुम लहानमा पनि संचालनमा ल्याएको प्रति कम्पनीलाई आभार प्रकट गर्दै रेनोका विभिन्न मोडलका गाडीहरुले उपभोक्ताको मन जित्न सफल हुने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भयो।

Open photo

त्यस्तै कम्पनीका जेनरल म्यानेजर अधीर कुमार श्रेष्ठ हाम्रा ग्राहक वर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध रहेको बताउदै नेपालि उपभोक्ताले कम्पनी माथि देखाएको विश्वास र भरोसाको कदर गर्दै आभार प्रकट गरेका छन। जेनरल म्यानेजरश्रेष्ठले कार्यक्रमा गाडीको फिचर्सहरुको बारेमा जानकारी गराउदै रेनो देशभरका ग्राहकहरुलाई छिटो तथा थप गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको बताए। शुभकामना मन्तव्यकै क्रममा सेल्स नेटवर्कका विपुल भटराईले लहानमा खोलेको शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलै छिटो छरितो सेल्स, सर्भिस तथा स्पेयर पार्ट्सको सेवा प्रदान गर्ने बताउनु भयो। लहानमा पहिलो पटक संचालनमा आएको रेनोको नयाँ शोरुम भाग्य महालक्ष्मी अटोमोबाईलसमा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु Kwid ,kiger ,Duster र Triber का गाडीहरु, स्पेयर पार्ट्स र एसेसरिज लगायतका सेवाहरु उपलब्ध रहेको संचालक रामबाबु साहले बताउनु भयो।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤