सिरहामा एक बर्षमा १ सय २८ महिलामाथी हिँसा

  • मंसिर २४, २०७८
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान,२४ मंसिर । ओरेक नेपालले महिला हिँसाविरुद्धको १६ दिने अभियान अन्तरगत आज सरोकारवाला तथा सँचारकर्मीको भूमिका विषयक अन्तरक्रिया गरेको छ । ओरेक नेपाल सिरहा लहानकी शर्मिला निरौलाकी सभाध्यक्षतामा भएको कार्यक्रममा एक बर्षमा १२८ वटा महिलामाथी भएको हिँसाको घटना सार्वजनिक गरेको छ । योसँगै ओरेक नेपालको पहलमा हालसम्म १९ वटा महिलामाथी भएका हिँसाका घटनाका मुद्दालाई औपचारिक न्यायका लागि पहल गरेको सार्वजनिक गरेको छ । मिलापत्र गरिएका अंश सहितको सम्बन्ध विच्छेद १, मानाचमल १ र घरेलु हिँसा १ रहेको छ । एक बर्षमा सिरहाभरीका १४२ जनालाई मनोविमर्श सेवा प्रदान गरेको सो कार्यक्रममा सार्वजनिक गरेको छ । यसैगरी कुटपिट, गालिगलौज, घरबाट बाहिर निकालेको, खानलाउन नदिएको, नागरिकता नबनाइदिएको, विवाह दर्ता नगरिदिएको, दाइजोको कारण , छोराबाट आमालाई सेवा सुविधाबाट बन्चित जस्ता घरेलु हिँसा ७६ वटा रहेको सार्वजनिक गरेको छ । अधिकाँश नातेदार, छिमेकी, साथीभाई तथा परिचित व्यक्तिहरुबाट ५ देखि ३५ बर्षसम्मको महिला १२ वटा बलात्कारको घटना सार्वजनिक गरेको छ ।

अधिकाँश बालिका रहेको र नातेदार, छिमेकी, साथीभाई तथा परिचित व्यक्तिहरुबाट बलात्कारको प्रयास ३ वटा भएको सार्वजनिक गरेको छ । श्रीमानको साथी, गाउँका देवरहरु र आफन्तहरुबाट यौन दुव्र्यवहार भएको ८ वटा घटना रहेको छ । आत्म हत्याको घटना १ रहेको छ । गाउँका व्यक्तिहरु जो दलित होइन वा आफु भन्दा ठूलो जातको हो भन्ने बुझाई भएको व्यक्तिबाट १ छुवाछुतको घटना सार्वजनिक गरेको छ । समाज र आफन्तबाट २ वटा बोक्सी आरोप घटना रहेको छ । दहेजका कारण, श्रीमानले लागुपदार्थ, दुव्र्यसनको प्रयोग गरी श्रीमतीलाई पेट्रोल छर्केर हत्या, बलात्कारपछि हत्या गरेको ५ घटना रहेको जानकारी गराएका छन् । ५ बालबालिका हिँसामा परेको छ । छिमेकीहरुसँग झगडा गरी कुटपिट भएको छ भने आफन्तहरु व्यक्तिगत रिसिवि र लेनदेनका कारण कुटपिट गरेको २० घटना सार्वजनिक गरेको छ । प्रेमिकाको परिवारबाट मुद्दा हाल्न लगाई दुःख दिने ३ घटना आज ओरेक नेपाल लहानले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

रोट्र्याक्ट क्लब अफ ...

रंजित चौरसिया,वीरगंज १८ भदौं। नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेड वीरगंज स्थित एक अग्रणी स्वास्थ्य सं ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१