ताजा समाचार

सखुवान्नकारकट्टीमा रामजानकी विवाह पंचमी मेला;फुलवारी-पतारीलाई चुनौती

  • मंसिर २२, २०७८
  • १८८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार।लहान,मंसिर२२ गते। सिरहाको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ५ ईटहर्वामा रामजानकी विवाह पंचमी मेला भव्यताका साथ सम्पन्न भएको छ। रामजानकी विवाह पंचमी मेला कमिटी -ईटहर्वाको आयोजनामा एकदिने मेला सम्पन्न गरेको खवर छ। मेला कमिटी अध्यक्ष सखुवान्नकारकट्टी गाउँपालिका नेपाली काङ्ग्रेसका युवा नेता राजेन्द्र प्रसाद यादव,सदस्यहरु अशोक यादव,शिवान्नद यादव , रामप्रकाश यादव,विजय यादव, संतोष यादव, रामभक्त यादव, हरिभक्त यादव, मोति रहमान, फकिर हुसेन लगायतका मेला कमिटीहरुको रोहबरमा मेला लागेका थियोे ।

Open photo

मेलामा विभिन्न किसिमका कार्यक्रमहरु तथा खेलहरुद्वारा मेलामा उपस्थित लाखौं लाख अतिथिहरुलाई मनोरञ्जन दिइएका थियोे । कार्यक्रमहरु जस्तै;- धनुष यज्ञ, रामजानकी विवाह, बैलगाडी दौड(५ किलोमिटर) , घोडा दौड , मिथिलाञ्चलका लोकप्रिय' नाच' (रात्री) कार्यक्रमहरुद्वारा मेला भर्न आएका दर्शक श्रद्धालुहरुलाई मनोरञ्जन दिइएको मेला आयोजक कमिटी अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताएका छन। बैलगाडी प्रतियोगितामा जम्मा १६ जना सहभागीहरुमध्ये बलानबिहुल वडा नम्बर २ का बैजु यादव(दिघिया) ले प्रथम स्थान ल्याई विजयी भएका छन। दोस्रो स्थानमा आन्नद कुमार यादव( ईटहर्वा-५) , तेस्रो स्थानमा सखुवान्नकारकट्टी-४ सिमरहाका खेरान्नद कुसियैत विजयी गरि जीतहात पारेका छन।

Open photo

त्यसैगरी घोडा दौड प्रतियोगितामा भुटाई यादव ( झाझपट्टी ) प्रथम भएका छन।भने,दोस्रो स्थानमा देवनारायण यादवले जीत हात पारेका छन। रामजानकी विवाह पंचमी मेला प्रत्येक वर्ष ईटहर्वा विवाह पञ्चमीका दिन लाग्ने गरेका छन। मेला भर्न नेपाल तथा भारतका विभिन्न ठाउँहरुबाट लाखौंको संङ्ख्यामा मानिस आउने गरेको देखिन्छ । त्यसैले यो एउटा आकर्षकको केन्द्रविन्दु बन्न पुगेको देखिन्छ।यी र यस्ता विशेषता रहित भएकाले फुलवारीपतारी मेलालाई समेत चुनौती दिन लागेको देखिन्छ ।

Open photo

Open photo

Open photo

Open photo

Open photo

 सिरहा र सप्तरी जिल्लाकाे सिमावर्ती क्षेत्र स्थित ईटहर्वा गाउँमा लाग्ने परम्परागत, धार्मिक तथा ऐेतिहासिक श्री सिताराम विवाहपञ्मी मेला महाेत्सब संभत जनकपुर पछि दाेश्राे मेला भएर पनि यसकाे पवित्र स्थानकाे विकास तथा सुदृढीकरणका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले ध्यान दिएको देखिन्न । तसर्थ, सबैले ध्यान दिए अबश्य यस क्षेत्रकाे विकास हुनेछ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤