ताजा समाचार

कल्याणपुर नगरपालिकाका शिक्षकद्वारा छात्राहरूमाथि दुर्व्यवहार, विद्यालयमै गुपचुप राख्ने प्रयास

  • मंसिर २०, २०७८
  • १११८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,मंसिर २० गते । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सिराहाको एक विद्यालयमा शिक्षकबाटै छात्राहरूमाथि दुर्व्यवहारको घटना सार्वजनिक भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा रहेको एक सामुदायिक विद्यालयमा कक्षा चारमा अध्ययनरत दुई छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेका हुन्। राम दुलारी जनता माध्यामिक विद्यालय कक्षा चारमा अध्ययनरत १२ र १३ वर्षीया दुई छात्रामाथि शिक्षक नागेन्द्र ठाकुरले दुर्व्यवहार गरेको आरोप लागेको छ। ठाकुरले छात्राहरूमाथि अश्लील हर्कत गरेको बताइएको छ। गत शुक्रबार भएको उक्त घटना सम्बन्धमा दुवै छात्राले प्रधानाध्यापक रघुनाथ साहलाई जानकारी गराएका थिए। तर, प्रअ साहले घटना विद्यालयमै मिलाउने भनी विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएका थिए। समितिको बैठकले शिक्षकसँग सामान्य सोधपुछ मात्र गरेको छ।

जानाजान त्यस्तो नगरेको शिक्षकले जवाफ दिएको प्रध्यानाध्यापक साहले बताए। ‘हामीले दुर्व्यवहारको गुनासो गर्ने छात्रा र शिक्षकसँग सोधपुछ गर्यौं,’ प्रअ साहले भने, ‘कापी जाँच्ने क्रममा मिस्टेकले छात्राको गालामा छोएको भन्ने कुरा शिक्षकबाट आयो। जानेर गलत मनसायले त्यस्तो गरेको छैन भन्ने जवाफ शिक्षकले दिएका छन्।’ शिक्षकले त्यसरी भनेपछि व्यवस्थापन समितिले सचेत गराएको दाबी गर्दै प्रअ साहले भने, ‘विद्यालयभित्रको कुरा भएकाले हामीले सचेत गराएर यतै समाधान ग–यौँ । यता पीडित छात्राहरूका बुबाले छोरीमाथि दुर्व्यवहार भएको भन्दै दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। ‘विद्यालयले कारबाही गर्न पहल गर्नुपर्छ,’ उनले भने, ‘त्यहाँबाट नभए परिवार अगाडि बढ्छ। शिक्षकबाटै असुरक्षित भएपछि कुन अभिभावकले आफ्ना छोरीहरूलाई विद्यालय पठाउन सक्छ ? हामी विद्यालयले के कारबाही गर्छ भन्ने प्रतीक्षामा छौँ।’

शिक्षक ठाकुरले भने सो आरोप अस्वीकार गरेका छन्। उच्च दायित्व र नैतिकतामा बसेर पठनपाठन गराउँदै आएको दाबी गर्दै शिक्षक ठाकुरले विद्यार्थीलाई कापी चेकजाँचको क्रममा गालामा कापीले छोइएको हुन सक्ने भन्दै उनीहरू आफ्ना छोरीचेलीजस्तै भएको बताए। व्यवस्थापन समितिमा छलफल गरी टुंगो लागिसकेकाले यस विषयमा समाचार नबनाउन शिक्षक ठाकुरले आग्रह गरे। शिक्षकबाट छात्राहरूमाथि भएको दुर्व्यवहारको घटनालाई विद्यालयले छलफलबाटै ’समाधान’ गर्ने नाममा गुपचुप राख्न खोजेकोमा अभिभावकहरूले आपत्ति जनाएका छन्।साभारःनयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤