ताजा समाचार

बँधुवा श्रम उन्मुलनको लागि सिरहा सप्तरीमा जुलुस प्रदर्शन

  • मंसिर १५, २०७८
  • ६१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १५ मंसिर । मौलिक अधिकार र जबरजस्ती श्रम तथा बँधुवा श्रम उन्मुलनको लागि हरवाचरवा नेटवर्कले आज जुलुस प्रदर्शन गरेको छ । अन्तराष्ट्रिय श्रम संगठन नेपालको आर्थिक सहयोगमा संचालित प्रदेश २ को सिरहा र सप्तरीमा जबरजस्ती श्रमको पीडितहरुको लागि जिविकोपार्जन कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको छ । हरवाचरवा नेटवर्कका अध्यक्ष श्याम सुन्दर सदाय तथा राष्ट्रिय हरवा चरवा नेटवर्कका सचिव मो.कासिमको अगुवाईमा सो जुलुस प्रदर्शन गरिएको छ । कार्यक्रम संयोजक उमेश साहका अनुसार साहुको ऋण तिर्न नसकेका कारण प्रदेश २ अन्तर्गत आज पनि सिरहा, सप्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा लगायतका जिल्लामा दलित समुदाय भित्रका मधेशी दलितहरु मुसहर, पासवान, डोम, खतवे, जोलाहा, चमार, सदार र बाँतर जस्ता जातिहरु अहिले पनि हरवा–चरवा बस्न बाध्य छन । वर्षौँदेखि विभिन्न स्थानमा ओत बनाइ बस्दा पनि उनीहरू स्वामित्वविहीन छन् ।

बिना ज्याला बाध्यकारी श्रम गर्न बाध्य यो समुदाय आज पनि दास वा बन्धककै रुपमा जीवन बिताउन बाध्य छन् । बधुवा प्रकृतिका रुपमा काम गर्ने हरवा चरवाहरूको जीवनस्तर अत्यन्त न्यूनस्तरको छ संयोजक साह बताउँछन् । दैनिकी चलाउने विकल्प नभएपछि जग्गा धनीसँग सधैँ उसको खेतमा हलो जोत्ने शर्तमा ऋण लिँदा पुस्तौँपुस्ता हरवा–चरवा बस्नुपर्ने, बासका लागि झुपडी बनाउने जमिन नहँदा जग्गा धनीसँग झुपडी बनाउने जमिन दिए वापत सधैँभरी जग्गा धनीकोमा हरवा बस्न स्वीकार गर्नुपर्ने अवस्थामा दलित समुदाय हरवा–चरवा बस्न बाध्य भएको पाइन्छ । एक तथ्यांकअनुसार सिरहा जिल्लामा कुल जनसंख्या ६ लाख ४४ हजार १ सय ४७ मध्ये १८ हजार एक सय ६१ जना हरवा चरवा छन् । त्यसैगरी सप्तरी जिल्लामा कुल जनसंख्या ६ लाख ३९ हजार २ सय ८४ मध्ये २६ हजार नौ सय ४ जना हरवा चरवा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤