घरेलुले भब्यरुपमा उधोग दिवस मनाए फोटो भिडियो सहित

  • मंसिर १०, २०७८
  • ५२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १० , मंसिर ।''स्वदेशी उधम र उत्पादन : दिगो औधोगिक पुनरुत्थान'' भन्ने मुल नारा सहित बिहीबार घरेलु तथा साना उधोग कार्यालय, सिरहा , लहानले सातौ उधोग दिवस - २०७८ भव्य रुपमा मनाएको छ । दिवसको अवसरमा घरेलु तथा साना उधोगको ग्रामीण स्थित रहेको कार्यालयबाट जनचेतना मुलक र्याली निकालिएको थियो । निकालिएको र्याली लहानको दुर्गा मन्दिर हुँदै पुनः कार्यालय परिसरमा आई कोण - सभामा परिणत गरिएको थियो । जिल्लाका बिशिस्ट ब्यक्तिहरुको उपस्थितिमा दिवस मानाईएको छ । जिल्ला उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल आमात्यको प्रमुख आतिथ्य र कार्यालय प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा औपचारिक रुपमा कार्यक्रम संचालन भएको थियो । सातै उधोग दिवस रहेकोले सात वटा मैनवती प्रज्वलन गरी प्रमुख अतिथी आमात्यद्वारा कार्यक्रमको उदघाटन गरिएको थियो ।

Open photo

उद्योग दिवसको अवसरमा कार्यालयले घरेलु तथा साना उधोग संचालन गरी घर- परिवार र राष्ट्र निर्माणमा आर्थिक हिसाबले सहयोग गरेका / सक्षम बनेका जिल्लाका विभिन्न क्षेत्रका १३ जना उत्कृष्ट लघु उधामी हरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरु आफ्नै देशमा साना उधोग संचालन गरी बार्षिक लाखौं आम्दानी गरिरहेकोले सम्मान गरिएको कार्यालय प्रमुख दिपेन्द्र कुमार यादवले बताए । कार्यक्रमको सम्बोधन गर्दै कार्यालय प्रमुख यादवले कोविड महामारीले केही बर्षयता घरेलुु कार्यालयबाट संचालन हुने विभिन्न कार्यक्रमहरुमा नाकारात्मक प्रभाव परेको छ, 'घरेलु कार्यालयले नेपालको गृहस्थ उत्पादनमा ९० प्रतिशत योगदान दिएको बताए ।, लघु र साना उधोगले राज्यको समृद्धि गराउन अहम भुमिका खेलेको छ , भन्दै 'प्रमुख यादवले लघुउधमीहरु बढेमा आय आर्जनमा वृद्धि हुने बताउनुभयो ।, सरकारको रोजगारको नारा सफल पार्न साना उधोगीहरुको महत्वपूर्ण भुमिका रहेको बताए ।

Open photo

यता प्रमुख अतिथि अशोकलाल आमात्यले साना व्यावसायिका लागि गर्नुपर्ने सहयोग उधोग बणिज्य संघले सदैव गर्ने प्रतिबद्धता गरेका छन् । बैंक साना व्यावसायिलाई ॠण दिन कन्जुस्याइँ गरिरहेको भन्दै देशलाई समृद्धिको बाटोमा लैजान बैंकलाई सरकारको निर्देशन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघ सिरहा अध्यक्ष मनोज बनैताले बजार अनुगमनलाई तिब्रता दिन कार्यालय लगायत सरोकारवाला निकायलाई आग्रह गरेका थिए । बजार अनुगमन नहुदा सेवादाताले म्याद गुज्रिएको सामग्री लगायत सडेगलेका फोहर खाध्य सामग्री उपभोगगर्न बाध्य भएकोले अनुगमनलाई तिब्रता दिन जोड दिनुपर्ने भन्दै ग्रामीणबजार देखि शहर सम्म कार्यालयले समय समयमा उपभोक्ता माझ जनचेतनामुलक कार्यक्रम ल्याउनुपर्ने बताए ।

Open photo

कार्यक्रममा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्ण बहादुर खड्का , ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपन दहाल , शस्त्र प्रहरी लहानका डिएसपी सुशील श्रेष्ठ ,नेपाल गृल तथा स्टिल ब्यबसायका प्रतिनिधि सुनिल गुप्ता , नेपाल घरेलु महासंघका रामदेव ठाकुर , नेपाल घरेलु महासंघ प्रदेश नम्बर - २ का प्रतिनिधि नवीन कुमार यादव , खाध प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंह , मारुती प्रीकास्टका संचालक कुशेश्वर महतो , जसपाका नेता रिता यादव , नेपाल बोतल संघ , जिल्ला उधमी संघ , कृषि क्षेत्र , अगरवत्ती उधोगी, लाहा(चुरा) क्षेत्रमा काम गर्ने व्यवसायी , विभिन्न क्षेत्रका लघु उधमी लगायत सयौ जनाको उपस्थिति रहेको थियो । घरेलु तथा साना उधोग सिरहा , लहानका लेखापाल रविन्द्र महतोले कार्यक्रमको उदघोषण गरेका थिए ।

Open photo

प्रतिक्रिया दिनुहोस

सिरहामा नक्कली परीक् ...

ओम प्रकाश यादव लहान चैत्र १६ । जिल्ला सिरहाको मिर्चैया नगरपालिका वडा नं.१ स्थित श्री शारदा मा.बि.राम ...

उपप्रधानमन्त्री यादव ...

 लहान चैत्र १६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य ...

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१