ताजा समाचार

माइती नेपाल द्वारा स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदंड मस्यौदा तयार गर्न कृष्णनगरमा छलफल

  • मंसिर २, २०७८
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, मंसिर २ स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदंड मस्यौदा तयार गर्न स्थानीय मानव वेचविखन नियन्त्रण समिति संग परामर्श कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो l कार्यक्रममा बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो l कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले उपस्थित सबैलाई धन्यवाद दिदै स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदंड मस्यौदा तयार गर्न आफूले कार्यपालिका मा उक्त बिषय लैजादै आवस्यक पहल समेत गर्ने बताउनुभयोl कार्यक्रममाको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो l कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव ले गर्नुभयोl उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, ,पत्रकार, कर्मचारी, मानव बेचविखन नियन्त्रण नगर स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो lकार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤