ताजा समाचार

महिनामा २० युनिटसम्म बिजुली प्रयोग गर्नेले ३० रुपैयाँमात्रै तिरे पुग्ने नियम लागू

  • मंसिर २, २०७८
  • १२८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेंद्र कुमार कुर्मी / बिजयनगर /कपिलवस्तु बुधवार देखि बिजुलीमा नयाँ महसुल लागू भएको छ । विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार आजदेखि विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो । नयाँ महसुलअनुसार महिनाको २० युनिटसम्म बिजुली प्रयोग गर्ने घर परिवारले बिजुलीको पैसा तिर्नुपर्ने छैन, ३० रुपैयाँ इनर्जी शुल्क तिरेमात्रै पुग्नेछ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउनुभएका अर्थ मन्त्री जनार्दन शर्माले बजेटमै २० युनिटसम्म उपभोग गर्ने उपभोक्ताबाट शुल्क नलिने उल्लेख गर्नुभएको थियो । सरकारले आजदेखि लागू गरेको महसुलअनुसार अब देशभरका १९ लाख ८६ हजार घरधुरीले मासिक ३० रुपैयाँमात्रै तिरे पुग्नेछ । यस्तै कृषि उद्यम र सिँचाइमा प्रयोग हुने विद्युतको सहुलियत महसुल पनि आजैदेखि कार्यान्वयनमा आएको छ । यस्तै, सिङ्गल र थ्री फेज लाइनबाट बिजुली उपभोग गर्ने उपभोक्ताले निःशुल्क रूपमा आफ्नो मिटरको क्षमता बढाउन पाउनेछन् भने सिङ्गल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ । सिङ्गल फेजबाट मासिक एक सय ५१ देखि दुई सय ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताले अब इनर्जी शुल्क प्रति–युनिट साढे नौ रुपैयाँ तिरे पुग्नेछ भने महिनाको चार सय युनिटभन्दा माथि बिजुली खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रति–युनिट ११ रुपैयाँमात्रै तिरे पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤