ताजा समाचार

वैदेशिक रोजगारीको चुनौती दिदै युवा गाउँमै कृषि खेतीमा सकृय

  • मंसिर १, २०७८
  • १७७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ मंसिर- वैदेशिक रिजगारीबाट फर्केर गाउँमै कृषि खेतीमा सकृय भएका छन्।सिरहाको गोल बजार नगरपालीका वडा नम्बर १३ दुर्गापुरका एक ३८ वर्षिय युवा उच्च शिक्षा अध्ययन गरे वैदेशिक रोजगारीको लागी कतार पुगेका थिए। दुर्गापुर १३ बस्ने डाेमी महतो र मायादेवी महतोककी जेठो छोरा देबेन्द्र महतोले घरको आर्थिक अबस्था कम्जोर भएकै कारण बाध्य भए गाउँमै ऋण सापट गरी वैदेशिक रोजगारीमा खाडी मुलुक कतार पुगेका थिए। करिब ७ बर्ष पछी वैदेशिक रोजगारीबाट घर फर्केका युवा देबेन्द्र महतोले बिदेशमा दु:ख गरेर कमाएको पैसाबाट गाउँमा करिब संबा बिगहा जग्गा खरिद गरेका छन्।महतोको भए भरको पैतरीक जग्गा जमिन गाउँको नजिकै रहेको गांगन खोल्लाले कटान गरी सकेको अबस्था छ। देबेन्द्र महतो घरको जेठो छोरा हो। महतोको घरमा ९ जनाको परिवारीक सदस्य रहेका छन्।

देबेन्द्र महतोले आफनै गाउँमा करिब पाँच बिगहामा जग्गामा तरकारी खेती गर्न लागेका छन्। बर्षमा पुजी कटागरी करिब एक लाख आम्दानी गर्न सफल ब्यक्तीको रूपमा चिनिन थालेका छन्। मौसम अनुसारका विभिन्न जात जातिका तरकारी उत्पादन गर्ने गरेका छन्। उत्पादन भएको तरकारी नजिकै रहेको गोलबजार, चोहर्वा, धनगढी,लहान,लगायतका बजारमा सपलाई र बिक्रीवितरण गर्ने गरेका छन्। महतो आफू बिदेशबाट फर्केर गाउँमा तरकारी खेती गर्न लाग्दा गाउँका दर्जनौं बेरोजगार महिला पुरुषहरुलाई रोजगारी दिएका छन्। महतो पुस्तौ पुस्तादेखि उक्त गाउँमा तरकारी खेती गर्दै आएका छन।किसान युवा महतोका अनुसार अरु देशमा गएर दु:ख गरेर पैसा कमाउनु भन्दा आफ्नै देश संघर्ष गरेर पैसा कमाउदा राम्रो।तरकारी खेती गरेर देबेन्द्र महतोले राम्रो प्रगति गरेका छन्।

राज्यले किसानहरुलाई अनुदानको ब्यवस्था गरे पनि जेनुन किसानले राहत नपाएको अबस्था रहेको छ। राजनीति कारणले गर्दा गैरकिसानहरुले अनुदान पाएको अबस्था छ यो देशमामा। जुन किसानले पुस्तै पुस्ता कृषि खेतीमै जिबन बिताएका छन् त्यो किसानले अनुदान नपाएको अबस्था रहेको र मुखदर्शक बनेको अबस्था रहेको छ। तरकारी खेती गरेरै बार्हौ महिना उपभोक्ताहरुलाई तरकारी खुवाएर परोपकार र समाज सेवा गर्दै आएका छन्। उक्त महतो किसानले अनुदान कहिले पाउलानत राज्यको ध्यानाकर्षण होस तेस्तो किसानले राज्यको सेवा सुबिधाबाट बन्चेतीकणमा न परोस् भने स्थानीय उक्त किसानले स्थानीय सरकार र प्रदेश सरकार संग आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤