जनकपुरधाम - केही दिअघि छठघाट बनाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरारुपैठामा हिन्दु र मुस्लिम धर्मावलम्बीबीच भएको विवादले सामाजिक सद्भाव बिथोल्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ (क) बमोजिम कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, घेराउ, र्याली, सभाजस्ता गतिविधि गर्न नपाउनेगरी शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो।
पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।
सो ठाउँमा केही समूहले साम्प्रादायिक सद्भावमा खलल पुग्ने खालका नारा, जुलुस, हुलहुज्जत गरिरहेको बुझिएकोले शान्ति सुरक्षा कायम गर्न केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उनले बताए। पछिल्लो केही वर्षयता सो स्थानमा वर्षमा एक/दुईपटक दुई धर्मावलम्बीबीच चाडपर्वका बेला विवाद हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा “Nutrition for Life (N4L)” कार्यक्रमको जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic