Siraha Times
ताजा समाचार

सौर्य सिमेन्टको अबैद्य कारोबारको संरक्षक मेयर गंगा श्रवण

  • कार्तिक २७, २०७८
  • ४०२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २७ कात्तिक । सिरहाको मिर्चैया र कर्जन्हा स्थित सौर्य सिमेन्ट उद्योगको अवैद्य कारोबारमा सघाउँन जनप्रतिनिधिलाई आर्थिक सहयोग गर्दै आएको खुलासा भएको छ । सौर्य सिमेन्टले अवैद्य उत्खनन गरी ओभरलोड ढुवानी गरिहेको छ । स्थानीय मजदुरहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका छन् । स्थानीयलाई योग्यताका आधारमा रोजगारीका साथै ऐलानी तथा वनक्षेत्रको जग्गा नाप नक्सा मात्र प्रयोग गर्न पाउने, ढुवानीको लागि स्थानीय टिफर, ट्रकको प्रयोग, उद्योग वरिपरीको गाउँको विकासका प्रदुषण बापत प्रति बोरा एक रुपैयाँ दिनुपर्ने माग रहेपनि त्यहाँका जनप्रतिनिधिको सहयोगमा अवैद्य कारोबार गरिरहेको छ । सो अवैद्य कारोबारको लागि कर्जन्हाका मेयर गंगा पासमान र मिर्चैयाका मेयर श्रवण यादवलाई नीजि घरभवन निर्माणमा सहयोग गरेको छ । योसँगै दुवै मेयरलाई आर्थिक सहयोग गरी मजदुर र स्थानीय जनताको अधिकारबाट बंचित गराउँदै आएको छ । यस अघि सिरहाको मिचैर्या नपा १ स्थित सो उद्योगका लागि जग्गा उपलब्ध गराएको कारण स्थानीयलाई योग्यता अनुसार काम दिनुपर्ने लगायतका ११ बुदे माग अघि सार्दै मजदुरहरु काम ठप्प पारेर आन्दोलन गरेका थिए ।

उता सिमेन्ट उद्योगका प्रशासनलाई सम्पर्क गर्न खोज्दा प्रतिकृया दिन मानेका छैनन । उता, पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक निर्माण कार्य चलिरहेको छ । सो कार्य चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले कर्जन्हा नगरपालिका १ स्थित कमलाको बगरमा नदिजन्य पदार्थ भण्डारणका लागि अनुमति दिन गत असोज १७ मा प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निवेदन दिएको छ । मन्त्रालयले कार्तिक १ मा डिभिजन वन कार्यालय लहान सिरहालाई जग्गा उपलब्ध गराइदिन पत्राचार गरेको छ ।

डिभिजन वन कार्यालयले कार्तिक ५ मा कर्जन्हा १ स्थित ब्लक एकको जग्गा प्रयोग गर्न दिन भनी वडा कार्यालय र नन्द बाबा सामुदायिक वनलाई पत्राचार गरेको छ । यतिबेलासम्म स्थानीयलाई केहि थाहा थिएन । तर, त्यसपछि वनका अध्यक्ष श्याम बहादुर फुँयाल लगायत केहि व्यक्तिले एउटा म्यान्यूट बनाएर गाउँमा स्थानीयहरुलाई हस्ताक्षर गर्न लगाए । पोखरी खनिने र त्यसबाट आउने माटो बालुवाले गाउँका सडकहरु ग्राभेल हुने भनेर उनले झण्डै २ सय स्थानीयसँग झुक्याएर हस्ताक्षर गराए । त्यसपछि स्थानीयले सोधखोज गरेपछि भण्डारण मात्र नभएर भण्डारणका लागि अनुमति लिएर त्यहाँ क्रसर सञ्चालन गर्ने आन्तरिक योजना रहेको थाहा पाएका छन् । यहाँ आसपासमा अन्य कुनै नदि नभएको र कमलामै भण्डारण राख्न खोजिनुले पनि कमलाबाटै उत्खनन गर्ने योजना निर्माण कम्पनीको रहेको प्रष्ट देखिन्छ । यस्तो थाहा पाएपछि स्थानीय यसको विरोधमा उत्रेका छन् । खोला उत्खनन भएपछि पानी तल जाने भएकाले यहाँको जमिन खण्डहर हुने र गाउँमा समेत खानेपानीको समस्या हुने भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । स्थानीयले विरोध गरेपछि निर्माण कम्पनीले स्थानीयलाई जग्गा प्रयोग गरे बापत प्रत्येक वर्ष एक लाख गरी तीन वर्षको तीन लाख दिने प्रस्ताव पनि गरेका छन् । मेयर गंगा पासवान र उपमेयर ज्ञान कुमारी श्रेष्ठको साथ रहेको दावी स्थानीयको छ ।
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१