जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिकामा ४ मा एक दलित परिवारको घरमा चोरी भएको छ । चोरहरुले घरमा आगो समेत लगाइदिएका हुन् ।
छठ मनाउन गएको मौकाछोपी स्थानीय जितेन्द्र पासवानको घरमा चोरले करिब ५० हजार मूल्य बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । चोरहरुले घरमा आगो समेत लगाइदिएका कारण ब्लान्केट, लत्ताकपडा, बिधुतिय सामग्री र नागरिकता जन्मदर्ता सहितका महत्पूर्ण कागजात जलेर नष्ट भएको छ ।
घटनाको प्रकृति हेर्दा कसैले पुरानो रिसिबीका कारण चोरी गरी घरमा आगो झोसिदिएको देखिएको छ । घटनापछि पासवान परिवार संकटमा परेको स्थानीयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved