Siraha Times
ताजा समाचार

डीएसपी तिमिल्सिनाको निधन

  • कार्तिक २६, २०७८
  • ६१७ पटक पढिएको
  • रामएकवाल राम
alt

 सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।

दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो ।

‘उहाँ केही पहिला कोरोना पोजेटिभ पनि हुनुभएको थियो । तर, पछि ठीक हुनुभएको थियो,’ एसपी धमलाले भने, ‘तर उहाँको फोक्सोमा समस्या देखिएपछि उपचार गराइरहनुभएको थियो ।’

नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिनायता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिएका थिए । उनी भक्तपुरकै निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१