Siraha Times
ताजा समाचार

अप्पन बेल्ही युवा क्लब चार्डपर्व लक्ष्यितगरी सरसफाई कार्यक्रम सम्पन्न

  • कार्तिक १७, २०७८
  • १२३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।कार्तिक-१८ गते। स्वच्छ बलान बिहुल सुन्दर बलान बिहुल भन्दै हिजो कार्तिक १७ बुधवार दिउँसो ३:३० बजे शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै "अप्पन बेल्ही युवा क्लब सप्तरी" द्वारा आयोजित सरसफाई कार्यक्रम भव्यताका साथ सु-सम्पन्न गरेको छ। सो सरसफाइ कार्यक्रममा सहयोग तथा सहभागी भएको बलान बिहुल गाउँपालिका वडा नं.-४ का वडा अध्यक्ष र वडा कर्मचारी, वियोपी क्याम्प बेल्ही, प्रहरी चौकी बेल्ही लगायत सम्पूर्ण गाउँबासीलाई अप्पन बेल्ही युवा क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिइएका थियोे ।

Open photo

"शिक्षित समाज_भ्रष्टाचारको एक मात्र उपचार" भनेर समाज परिवर्तनका आधार मानेका छन। बलान बिहूल गाउँपालिका -४ मा बुधबार अप्पन बेल्ही युवा क्लब सप्तरी द्वारा सरसफाई कार्यक्रम सम्पन्न भएसँगै हिन्दूहरुको महान चाड पर्व शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यो कार्यक्रम शसस्त्र प्रहरी बल बेल्ही, प्रहरी चौकी बेल्ही, वडा कार्यालय बेल्ही तथा अप्पन बेल्ही युवा क्लबको संयुक्त साथ सहयोगमा यो कार्यक्रम सम्पन्न गरेका छन।

Open photo

कार्यक्रममा अप्पन बेल्ही युवा क्लबका सचिब श्री बिजय यादब र कोषाध्यक्ष श्री कुमर झा ज्युले हामी यस्ता जनचेतनामूलक कार्यक्रमहरुलाई लगातार गरिरहेका छौ र यसलाई निरन्तरता दिनेछौ भनेर कोषाध्यक्ष झाले बताउनुभएको छ। त्यसैगरी अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादवले 'स्वास्थय जीवनको सबभन्दा अमूल्य धन हो' भन्दै यसलाई जसरी पनि एउटा सिस्टम बनाएर स्वच्छ, सुन्दर तथा स्वस्थ बलान बिहूल निर्माणमा हामी सबै हाथोमाली गरी अगाडी बढ़नेछौ भनेर जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१