नवलपरासीमा सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ

  • कार्तिक १४, २०७८
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी ,नवलपरासी, १४ कार्तिक । पश्चिम नवलपरासी प्रहरीले चोरी भएको २ थान सुनको सिक्री सहित २ जना व्यक्तिलाई पक्राउ गरि कार्वाही अगाडि बढाएको छ । लु ७४ प ४५०८ नम्बरको मोटरसाईकलमा सवार रहेका नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. १२ बस्ने देवराज यादव र रामग्राम नगरपालिका वडा नं. १३ बस्ने अजय केवटलाई प्रहरी पक्राउ गरेको हो । चाेरी घटनाकाे खबर पाएपछि खाेजतलासमा खटीएकाे बेला प्रहरीले दुबै जनालाइ परासी बजार स्थित बुद्धचाेकमा पक्राउ गरेकाे प्नवलपरासीले जनाएको छ । घटना कार्तिक १३ गते बिहान १० बजेकाे हाे । बर्दघाट नगरपालिका वडा नं. ११ लण्डनब्रिज नजिक पैदल हिडिरहेकी एक महिलाले घाटीमा लगाई राखेको सुनको सिक्री मोटरसाईकलमा सवार अपरीचित मानिसहरुले लुटी भागेको थिए । प्राप्त सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइ टोली खटिई चेकजाँच बढाई खोजी भइरहेकाे थियो ।

भने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोकमा दिउंसाे १२ बजेको समयमा प्रहरी पक्राउ गर्न सफल भएकाे हाे । निजहरुको साथबाट २ थान सुनको सिक्री प्रहरीले बरामद गरेको छ । बरामद भएको सिक्री मध्ये १ थान ऐ. १३ गते बर्दघाट नगरपालिका वडा नं. ११ लण्डनब्रिजबाट चाेरिएकाे तथा अर्को १ थान ऐ. ९ गते बर्दघाट नगरपालिका वडा नं.१३ धनेवा स्थितबाट चोरी गरेको खुल्न आएको छ । पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले अाइतवार पत्रकार सम्मलेन गरी घटना तथा अाराेपितलाइ सार्वजनिक गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

गोलबजारमा लागुऔषधसहि ...

लहान कात्तिक १८ । सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोहर्वास्थित जनता नमुना माध्यमिक विद ...

सिरहामा लागु औषधसहित ...

लहान कात्तिक १८ । जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितमा ब्राउन सुगर सेवन तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१